मप यातायात व्यवसायी संघको अभिनन्दन कार्यक्रम

सुर्खेत । मप यातायात व्यवसायी संघ सुर्खेतले स्थानीय निर्वाचनमा निर्वाचित हुने आफ्ना सदस्यहरुलाई अभिनन्दन गरेको छ । मंगलवार एक कार्यक्रम गरी विभिन्न तहमा वडा अध्यक्ष र सदस्य पदमा निर्वाचित हुने संघका सहसचिव, बस सदस्य र संघका कर्मचारीलाई अभिनन्दन गरेको हो । निर्वाचित पदाधिकारीलाई संघका अध्यक्ष विष्णुबहादुर खड्का, बरिष्ठ उपाध्यक्ष मोतीप्रसाद चपाईंले अविर तथा दोसल्ला ओढाएर अभिनन्दन गरेका थिए ।

संघका सहसचिव पदमबहादुर खत्री भेरीगंगा नगरपालिका वडा नं। ८ को वडाअध्यक्ष, बस सदस्य बृषबहादुर नेपाली गुर्भाकोट नगरपालिका वडा नं। ७ को वडा सदस्य, बस सदस्य यामनारायण आचार्य वीरेन्द्रनगर ७ को वडा सदस्य, संघका कर्मचारी भीमबहादुर खत्री गुर्भाकोट नगरपालिका वडा नंं १० को वडा अध्यक्ष, बस कर्मचारी सुरेश मानन्धर वीरेन्द्रनगर नगरपालिका वडा नं। ९ को वडा अध्यक्ष र मानबहादुर खडलुक लेकबेसीं नगरपालिका वडा नं। ९ को वडा अध्यक्षमा निर्वाचित भएका थिए ।
अध्यक्ष खड्काले समाजले दिएको जिम्मेवारी कुशलतापूर्वक निभाउन नवनिर्वाचित वडा अध्यक्ष तथा सदस्यहरुलाई सुझाव दिए । उनले स्थानीय तहमा निर्वाचित भएकोमा शुभकामना दिदैं जनताको जिम्मेवारी र संघको कामपनि सफलताका साथ संगसंगै लैजान जोड दिए ।




सम्बन्धित समाचार


error: Content is protected !!