सेनाको विमान बाजुरामा दुर्घटना, पाइलट गुरुङको मृत्यु ,उपराष्टपतिद्धारा दुख व्यक्त

सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ज्यूले बढ्दो हवाई दुर्घटनाप्रति चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले आज (मंगलबार) बाजुराको कोल्टी विमानस्थलमा नेपाली सेनाका विमान दुर्घटना हुँदा ज्यान गुमाउनु भएका पाईलट महासेनानी कैलाश गुरुङ र तीन अघि (शनिबार) सोलुखुम्बुका लुक्ला विमानस्थलमा गोमा एयरको कार्गो विमान दुर्घटना हुँदा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । सम्मानीय उपराष्ट्रपतिले हवाई दुर्घटनामा ज्यान गुमाउनुभएका शोकाकुल परिवारजनमा गहिरो समवेदना र दुवै दुर्घटनामा घाइते हुनुभएकाहरुको शिख्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । साथै, उहाँले नेपाली हवाई यात्रालाई सुरक्षित बनाउनेतर्फ ध्यान दिनुपर्ने बताउनुभएको छ

बाजुराको कोल्टी विमानस्थलमा नेपाली सेनाको स्काईट्रक (जहाज) दुर्घटना हुँदा पाइलट कैलाश गुरुङको निधन भएको छ ।

बिहान ११ः२४ बजे सुर्खेतबाट खाद्यान्न लिएर हुम्ला उडेको विमान खराब मौसमका कारण कोल्टी विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना भएको हो ।

आकस्मिक रुपमा विमान अवतरण गर्ने क्रममा पाइटलको मृत्यु भएको मध्यमाञ्चल क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख डीआइजी विजय कायस्थले बताउनुभयो ।

प्रहरीका अनुसार, को–पाइलट अनिता आले र सुवेदार पूर्ण खड घाइते भएका छन् । घाइतेको उपचारका लागि नेपालगञ्ज ल्याएको छ ।





error: Content is protected !!