राजपा नेपालद्वार निर्वाचन कार्यालय घेराउ तथा तालाबन्दी

हेमन्तराज काफ्ले
नेपालगन्ज / राष्ट्रिय जनता पार्टी नेपालसहितको संघीय गठबन्धनले घोषणा गरेको निर्वाचनको प्रतिवादन गर्ने कार्यक्रमअन्तर्गत नेपालगन्ज लगायत मधेसभरिका सबै निर्वाचन कार्यालयहरु घेराउ गर्दै तालाबन्दीसमेत गरेको ,राजपा नेता विजय गुप्ताले बताए । संविधान संशोधन संशोधन भएसम्म निर्वाचनमा भाग नलिने र मधेशमा निर्वाचनका सम्पूर्ण कार्यक्रमहरुको सशक्त प्रतिवाद गर्ने संघीय गठबन्धनले आन्दोलनको कार्यक्रमहरु सार्वजनिक गरेको थियो । सोही कार्यक्रमअनुसार गठबन्धनले मंगलबार निर्वाचन कार्यालयहरु घेराउ गर्दै तालाबन्दी गर्ने कार्यक्रम सम्पन्न गरेको हो ।







