डोल्पाका कैदीबन्दी लाई कम्प्युटर सेट प्रदान जैबिक बिविधता संरक्षणमा टेवा पुग्ने अपेक्षा

डोल्पा , डोल्पा सदरमुकाम दुनैमा रहेको जिल्ला कारागारका कैदीबन्दीहरुलाई टेलिभिजन सहित हेर्न मिल्ने कम्प्युटर सेट प्रदान गरिएको छ ।
म्ांगलबार शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जको तर्फबाट कैदीबन्दी लाई टेलिभिजन सहित हेर्न मिल्ने कम्प्युटर सेट र कम्प्युटर हार्डडीक्समा जैविक बिविधता संरक्षण सम्बन्धि भिडीयो कार्यक्रमहरु राखेर प्रदान गरिएको निकुञ्जले जनाएको छ ।
कैदिबन्दीहरुले खाली समयको उपयोग गर्दै कम्प्युटर हार्डडीक्समा राखिएको भिडीयो कार्यक्रमहरु हेरेर मनोरञ्जनका साथ जैविक बिविधता संरक्षण शिक्षा सम्बन्धि जानकारी पाउने र यसबाट जैबिक बिविधता संरक्षणमा टेवा पुग्ने अपेक्षा गरिएको निकुञ्जको संरक्षण अधिकृत रामदेब चौधरीले बताउनुभयो ।
निकुञ्जुका संरक्षण अधिकृत चौधरीका अनुसार उनिहरुले आफ्नो सजाय भुक्तान गरिसके पछि फेरी पनि अपराधिक क्रियाकलापमा संलग्न नहुन भन्दै तथा आफुले पाएका जैविक बिविधता संरक्षण सम्बन्धि ज्ञान अरुलाई पनि सिकाउने र यसबाट प्रकृति तथा बन्यजन्तुको संरक्षणमा सहयोग पुग्ने समेत अपेक्षा गरिएको उहाँको भनाई छ ।
अहिले जिल्ला कारगार डोल्पामा १८ जना कैदी १२ जना बन्दीहरु रहेकाछन् । रामचन्द्र न्यौपाने







