३ घर्तीमगर मैदानमा

रुकुम

,              प्रदेश नम्बर ५ मा परेका ३ स्थानीय तहको निर्वाचन जेठ ३१ गते हुँदै छ । पुथाउत्तरगंगा, भूमे र सिस्ने गाउँपालिकामा स्थानीय तहको निर्वाचन दोस्रो चरणमा हुन लागेको हो । यी तीन तहमध्ये पुथाउत्तरगंगा गाउँपालिकाको निर्वाचन रोचक हुने देखिएको छ । कांग्रेस, एमाले र माओवादी केन्द्रले अध्यक्षको टिकट दिइएका तीनै जना घर्तीमगर थरका छन् ।

कांग्रेसका तर्फबाट काजीमान घर्तीमगर, एमालेले भिउमान घर्तीमगर र माओवादी केन्द्रले ओमप्रसाद घर्तीमगरलाई गाउँपालिका अध्यक्षका लागि मैदानमा पठाएका छन् । उनीहरू साविकको फरक(फरक गाविसका हुन् । काजीमान साविक तकसेरा, भिउमान राङसी र ओमप्रसाद हुकाम गाविसवासी थिए । आदिवासी जनजातिको बाहुल्य उक्त क्षेत्रमा तीनवटै पार्टीले आफूतिर मत तान्ने चलाखी गरेको बुझिएको छ । महेन्द्र मावि तकसेराका एक शिक्षकले निर्वाचन परिणाम आफूतिर तान्न पार्टीहरूले यस्तो उपाय निकालेको बताए ।

कांग्रेसबाट अध्यक्ष उम्मेदवार बनेका काजीमान र माओवादी केन्द्रका ओमप्रसाद सुतपहरे अर्थात् देउपुरे घर्तीमगर हुन् भने एमालेका भिउमान रामजाली घर्तीमगर हुन् । तीन पार्टीले उम्मेदवार बनाएका उनीहरू फरक(फरक पृष्ठभूमिका हुन् । काजीमान अवकाश प्राप्त भारतीय सैनिक हुन् । सैनिकबाट अवकाश लिएपछि उनले सामान्य किसानको जीवन व्यतीत गरिरहेका छन् । खरो रूपमा राजनीतिमा नदेखिएका काजीमानले अरू पार्टीका समर्थकको पनि मत तान्ने आस कांग्रेसले गरेको छ । एमाले टिकटधारी भिउमान गैरसकारी क्षेत्रमा क्रियाशील छन् । आफ्नै संस्थाबाट विभिन्न क्षेत्रमा कार्यक्रम चलाउँदै गरिरहेका उनलाई त्यसैबाट फाइदा हुने अनुमानसहित उम्मेदवार बनाएको छ । माओवादी केन्द्रबाट प्रत्यासी ओमप्रसाद भने पछिल्लो समय राजनीतिमा क्रियाशील छैनन् । माओवादी सशस्त्र युद्धको समयमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका ओमप्रसादलाई टिकट दिइएको हो ।

पार्टीहरूले भने स्थानीयस्तरमा रुचाइएका नेतालाई उम्मेदवार बनाउने निर्णय गरेको बताएका छन् । कांग्रेसका सभापति प्रेमप्रकाश ओलीले जनताको मन जितेका र गाउँमै बसेर जनताको सेवामा लागेकाले काजीमानलाई उम्मेदवार बनाइएको बताए । एमाले अध्यक्ष विमलकुमार पुनले पनि उक्त क्षेत्रमा राम्ररी भिजेको हुनाले भिउमानलाई उम्मेदवार बनाएको जनाए । जिल्ला कमिटी सदस्यसमेत रहेका भिउमानको पक्षमा माहोल देखिएपछि नै उम्मेदवार बनाएको तर्क पुनको छ । माओवादी केन्द्रले भने कम्युनिस्ट स्थापना हुँदादेखि नै योगदान गरेको त्यसको सम्मानस्वरूप ओमप्रसादलाई टिकट दिइएको दाबी गरेको छ ।

जिल्ला सम्मेलन आयोजक समिति संयोजक गोपाल शर्माले पुराना तथा इमानदार कार्यकर्तालाई टिकट दिँदा सम्मान हुने भएकाले त्यस्तो निर्णय गरिएको बताए । ‘त्यस क्षेत्रमा उहाँ सर्वसम्मतजस्तै हो,’ शर्माले भने, ‘त्यसैले पनि हामी निर्णय गर्न बाध्य भयौं ।

कांग्रेस एमालेले भूमे र सिस्नेमा सयुंक्त प्यानल बनाउने गरी लफलमा जुटे पनि पुथाउत्तरंगामा भने एक्लाएक्लै लड्ने योजनामा देखिएका छन् । एमाले ५ नम्बर प्रदेश कमिटी सदस्य टोपबहादुर ओलीले भुमे र सिस्नेमा संयुक्त प्यानल बनाउने विषयमा छलफल भइरहे पनि पुथाउत्तरगंगामा त्यस्तो सम्भावना नदेखिएकाले बताए ।

 




सम्बन्धित समाचार


error: Content is protected !!