अन्न लगाउने जग्गामा आगु औषधको खेति

       रामचन्द्र न्यौपाने

,डोल्पा , दुर्गम जिल्ला डोल्पामा पहिलो पटक नसाजन्य लागुपदार्थ अफिम खेती गरिएको पाईएको छ
यहाँको ठुलीभेरी नगरपालिका स्थित वडा नं ९ डाँगीवडामा नसाजन्य लागुपदार्थ अफिम खेती गरिएको पाईएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।
बिशेष सुचनाका आधारमा आईतबार साझ जिप्रका डोल्पाबाट गएको प्रहरी टोलीले उक्त अफिम खेती नष्ट गरेको जिप्रका डोल्पाका प्रहरी नायव उपरीक्षक सुमीत खड्काले जानकारी दिनुभयो ।
सोही ठेगानाका हरिनन्द डाँगीको तिन सय पाँच बर्गमीटर क्षेत्रफलमा फैलिएको जग्गामा लगाईएको अफिम खेती नष्ट गरिएको खड्काले जानकारी दिनुभयो ।
अफिम खेती गरेको आरोपमा पक्राउ परेका ठुलीभेरी–९ का डाँगीलाई जिप्रका डोल्पामा ल्याईएको र निजलाई लागुऔषध नियन्त्रण एैन २०३३ अनुसार कारवाहीहुने प्रहरीले जनाएको छ ।
निज कसुरवाला डाँगीको घरबाट केही ग्राम अफिम समेत बरामत गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!