रितिया जाजरकोटका गाउँहरु

जाजरकोट । डोल्पाका हिमालहरुमा पाईने यार्सागुम्वा संकलनका लागि जाँदा जाजरकोटका गाउँहरु रित्ता भएका छन् । वालवालिका देखि यूवा,यूवती डोल्पा जाँदा यहाँका गाउँहरु सुनसान भएका हुँन् । चुनाव सकिए लगत्तै यहाँका नेता, तथा जनताहरु यार्सागुम्वाको खोजीमा डोल्पा तर्फ लागेका छन् ।
अधिकांश घरमा ताला नै लगाएर यार्सागुम्वा वाट पैसा कमाउने आशमा यहाँका हजारौ स्थानीहरु डोल्पाका विभिन्न हिमालको पाटनमा पुगेका छन् । जाजरकोटको कालीमटी , रुकुमको राडी , जाजरकोटको तल्लु लगाएतका ठाउँमा चाउँ,चाउँ, चिउरा, विस्कुट र जुत्ता,जाकेट खरिद गर्नेको ठुलो भिड लागेको छ । मकै रोपेर , धानको विउ राखेर असारमा पुर्ण धानका वेर्ना सार्न लागि ठिक्क पारेर यहाँका स्थानीयहरु डोल्पा तर्फ लागेका छन् । एउटा गाउँको ५ जति जना वृद्धहरुलाई गाउँका सवैको घर ,जग्गा हेर्ने जिम्म दिएर यहाँका स्थानीयहरु डोल्पाका लागेको वारेकोट गाउँपालिका वडा ५ का प्रेम शाहीले वताउनुभयो । डोल्पामा पाईने यार्सागुम्वाको आम्दानीले यहाँका स्थानीयहरु खाद्यान्न , रिण र अन्य आवश्यकिय कामहरु गदै आएका छन् ।
चुनाव हारेर रिणमा डुवेकाहरु यार्सा संकलन गरि रिण तिर्ने आशमा डोल्पा तर्फ लागेको वताउछन् । त्यस्तै केही गाउँमा वचेका स्थानीयहरु भारतका विभिन्न ठाउँमा कमाई गर्न जादै गरेको त्रिवेणी नलगाड नपा ८ का जनक खत्रीले वताउनुभयो । गाउँमा मानिस भारत लिनका लागि ठेकेदार पुगेको समेत उहाँले वताउनुभयो । गाउँ गाउँवाट वालवालिका समेत ठेकेदारले फकाएर भारतका विभिन्न ठाउँमा लिएर काममा लगाएका कारण पढाई विग्रिएको त्रिवेणी नपा ८ कै कलीमान विकले वताउनुभयो ।







