डोल्पाका म्यादी प्रहरीलाई महिनावारी सुरक्षा प्याड वितरण

 डोल्पा   ,महिनावारी स्वच्छता दिवसको अवसर पारेर डोल्पाका म्यादी प्रहरीलाई महिनावारी सुरक्षा प्याड वितरण गरिएको छ ।
स्थानीय चुनाव सम्पन्न गर्नका लागि जिल्लाका विभिन्न गाउँ गाउँ बाट प्रतिनिधित्व जनाएका ६८ जना महिला म्यादी प्रहरीलाई सदरमुकाम दुनैमा अन्तरक्रिया कार्यक्रम गर्दै आईतबार महिनावारी सरसफाइ सुरक्षा प्याड वितरण गरिएको नेपाल रेडक्रस सोसाईटी डोल्पा शाखाका कार्यक्रम संयोजक टेकम वलीले बताउनुभयो ।

कार्यक्रममा महिनावारी नियमित प्राकृतिक प्रक्रिया हो,यस सम्बन्धि सबै सँग खुलेरै कुरा गर्ने बानी बसालौँ,धर्मका नाममा महिनावारी भएका महिलालाई फरक व्यबाहार नगरौ जस्ता सन्देश जिल्लाका दुर्गम गाउँ गाउँ सम्म पुर्याउने उदेश्यले प्रतिनिधि पात्रको रुपमा महिला म्यादी प्रहरीलाई महिनावारी सुरक्षा प्याड वितरण गरिएको संयोजक वलीले बताउनुभयो ।
महिनावारी स्वच्छता सम्बन्धि सन्देश महिला म्यादी प्रहरीले गाउँ गाँउमा पुर्यायर महिनावारी सम्बन्धि सकरात्मक धारणाको विकास गर्ने अपेक्षा गरिएको उहाँको भनाई छ ।
जिल्ला स्थित रेडक्रस,किर्डाक,एस एन भि,खानेपानी लगाएतका संघ संस्थाहरुले उक्त कार्यक्रमको आयोजना गरेका थिए ।कार्यक्रममा परुष म्यादी प्रहरीले पनि सहभागीता जनाएका थिए ।रामचन्द्र न्यौपाने




सम्बन्धित समाचार


error: Content is protected !!