वीरेन्द्रनगरको मेयरमा कांग्रेस, उपमेयरमा एमाले विजयी

सुर्खेत ,वीरेन्द्रनगर नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले उम्मेदवार विजयी भएका छन् ।
कांग्रेसका देवकुमार सुवेदी १४ हजार ४ सय ५ मतका साथ विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका बालाराम शर्माले १३ हजार ८ सय ९९ मत प्राप्त गरे । उपमेयरमा एमालेकी मोहनमाया ढकालले १६ हजार ६८ मतले विजयी प्राप्त गरिन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी जानकी सिंहले १४ हजार २६ मत प्राप्त गरिन् ।
माओवादीका रत्न गाहाले ५ हजार २ सय ३७ तथा उपमेयरमा हरिमाया शर्माले ४ हजार ६ सय ८९ मत प्राप्त गरे । १६ वडामा रहेको वीरेन्द्रनगरमा एमालेले ९ वडा, कांग्रेसले ६ र माओवादी केन्द्रले एक वडामा विजय हासिल गरे । सुर्खेतका ९ मध्ये कांग्रेसले वीरेन्द्रनगरसहित ६ तहको प्रमुख जितेको छ । एमालेले तीन तहमा प्रमुख र एक तहमा उपप्रमुख जितेको छ ।







