स्थानीय तह पदाधिकारीलाई सपथ ग्रहण कार्यक्रम सम्पन्न

जाजरकोट   ,स्थानीय तह निर्वाचन २०७४ को क्रममा डोल्पाका विभिन्न स्थानीय तहमा निर्वाचित हुने प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्यहरु समेतको सपथ ग्रहण भएको छ ।

गत बैशाख ३१ गते भएको निर्वाचनबाट निर्वाचित ठूली भेरी नगरपालिका दुनैका प्रमुख गणेशबहादुर शाही, उपप्रमुख योगेन्द्रबहादुर शाही र वडा अध्यक्षहरुलाई मुख्य निर्वाचन अधिकृत सनतचन्द्र लवटले जिल्ला समन्वय समिति डोल्पाको सभाकक्षमा आयोजित सपथ ग्रहण समारोहमा प्रमुख र उपप्रमुखलाई पालैपालो र वडा अध्यक्षहरुलाई सामुहिक रुपमा सपथ ग्रहण गराएका थिए ।

सपथ ग्रहण लगत्तै ठूली भेरी नगरपालिकाका प्रमुख गणेशबहादुर शाहीले ठुली भेरी नगरपालिकाको कार्यालयमा गएर पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्ने क्रममा प्रमुख शाहीले आफ्नो नगरपालिका भित्रका सबै नागरिकहरुलाई कुनै भेदभाव नगरिकन चुस्त, छिटोछरितो सेवा प्रवाहको व्यवस्था मिलाउन कार्यकारी अधिकृतलाई निर्देशन दिएका थिए ।

जिल्लाका सबै स्थानीय तहमा निर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण सकिएको जिल्ला निर्वाचन कार्यालय डोल्पाले जनाएको छ । उसका अनुसार धेरै स्थानीय तहहरुका पदाधिकारीहरुले पदबहाली सहित विकासका काम गर्न थालिसकेको जिल्ला समन्वय समिति डोल्पाले जनाएको छ ।

डोल्पाका ८ स्थानीय तहहरुमा ८ प्रमुख, ८ उपप्रमुख, ६५ वडा अध्यक्ष, ६५ महिला वडा सदस्य, ६५ दलित महिला वडा सदस्य र १ सय ३० खुला वडा सदस्य गरी जम्मा ३ सय ४१ जना जनप्रतिनिधिहरु निर्वाचित भएका थिए ।

सपथ ग्रहण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी केशवराज आचार्य, जिल्ला समन्वय समितिका सचिव सागर मिश्र, जिल्ला निर्वाचन अधिकारी रामबहादुर बुढा लगायतका कार्यलय प्रमुखहरु, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु, सर्वसाधारणहरु, सञ्चारकर्मीहरु सहितको उपस्थिति रहेको थियो ।

 




सम्बन्धित समाचार


error: Content is protected !!