यूद्घकालका जनसरकार प्रमूख अहिलेका मेयर वने

हेमन्त के सी
जाजरकोट । कुनै वेला यूद्ध कालमा टेकवहादुर रावल “दर्शन ” भन्न वितिकै न्यायदिने व्यक्ति भनेर सवैले वुझथे । सवै मानिस अन्यय हुन वितिकै रावललाई खोज्दै माओवादीले सञ्चालन गरेको कम्यून वस्तीमा पुग्थ्ये ।
न्याय दिदे जनसरकार प्रमूख रावल को कार्यालयमा मुद्धाहरुको चाँङ लाग्ने गर्दथ्यो । उहाँको दैनिक विभिन्न प्रकृतीको मुद्धाको फैसला गदैँ दिन वित्ने गरेको थियो । मधिरा खाएर श्रीमती कुटेको देखि ज्यान मारेको अनि जग्गा दत्र्ता सम्मको काम उनै रावलको हात वाट हुँने गर्दथ्यो । यूद्धकालका जनसरकार प्रमूख रहेका रावल शिक्षक पेशा छोडेर माओवादीले सञ्चालन गरेको जनयूद्धमा होमिएका थिए । घरमा माओवादीको आरोपमा दैनिक तत्कालिन सत्ताले धरकपट गरिरहेपछि उहाँले सरकारी जगिर छाडेर माओवादी जनयूद्धमा लाग्नु भएको थियो । २०५८ साल देखि २०६१ साल सम्म उहाँ जनसरकार प्रमूख भएर काम गरेको अनुभव सुनाउनुहुन्छ ।
उती वेला पनि आप्नो न्याय सम्पादन गर्दा जनताहरु निकै खुसी हुँने सुनाउँदा आफुलाई निकै आनन्द लाग्ने गरेको उहाँ सुनाउनुहुन्छ । अहिले १२ वर्षपछि खोलो पनि फर्कन्छ भनेझै उहाँ पहिले न्याय सम्पादन गरेको ठाउँकै मेयरमा भारी मतले विजय हुनुभएको छ । उहाँलाई अहिले पनि यस क्षेत्रका स्थानीयले न्यायधिश भनेर वुझने गर्दछन् । कहिले पनि नमिठो भाषा प्रयोग नगर्ने , ५६ वर्षीय रावल माओवादी केन्द्रको जिल्ला संयोजक भएर काम चलाएको अनुभव रहेको छ ।
त्रिवेणी नलगाड नगरपालिका साविकको लहँ,डाडागाउँ, खगेनकोट,रग्दा र भगवती गाविस मिलेर वनेको छ । रावलले आफु जतिसुकै पावरमा भएपनि आफ्ना, छोरा,छोरी र आफन्तलाई कहिले पनि सर्पोट गरेन्न वरु उहाँले पाटीका कार्यक्रता र विपक्षीका कार्यक्रतालाई मात्र सहयोग गरेको जिल्लाका सवै राजनीतिक दलका प्रमूखले वताउने गरेको छन् ।







