डोल्पाको ठूलीभेरीमा कांग्रेस–माओवादीबीच यसरी गरियो तालमेल

डोल्पा, बैशाख २१– डोल्पाको ठूलीभेरी नगरपालिकामा कांग्रेस र माओबादी केन्द्रबीच चुनावी तालमेल गरिएको छ । विहीबार सदरमुकाम दुनैमा दुई पार्टीबीचको छलफलपछि तालमेल गर्ने सहमति भएको हो ।
सहमतिअनुसार कांग्रेसबाट उपमेयर र माओवादी केन्द्रबाट मेयरको उम्मेदवारी फिर्ता लिइएको अखिल क्रान्तिकारी केन्द्रीय सचिवालय सदस्य योगेन्द्र बुढाले जानकारी दिए ।
दुबै पक्षले उम्मेदवारी झिकेर पनि चुनावी रणनीतिको विषयमा छलफल भइरहेको पनि उनले बताए । उक्त नगरपालिकाको मेयरमा कांग्रेसबाट उठेका सुवर्ण बुढालाई माओवादीले सहयोग गर्ने गरी कांग्रेसबाट उपमेयरमा मनोनयन दर्ता गराएकी उर्मिला गुरुङको उम्मेदवारी झिकिएको छ ।
त्यस्तै माओवादी केन्द्रबाट उपमेयरमा उठेका लक्ष्मीचन्द्र कार्कीलाई कांग्रेसले सहयोग गर्नेगरी माओवादीबाट मेयरका उम्मेदवार जुनकुमारी बाहोराको उम्मेदवारी माओवादीले झिकेको छ ।
– रामचन्द्र न्यौपानेबाट



