निर्वाचनमा बालबालिका प्रयोग नगर्ने प्रतिवद्धता

जाजरकोट । जाजरकोटमा क्रियाशील राजनीतिक दलले आगामी वैशाख ३१ गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा बालबालिका प्रयोग नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । जिल्ला बालकल्याण समिति जाजरकोटले सदरमुकाममा बालअधिकारको संरक्षण र प्रवद्र्धनका लागि राजनीतिक दलसँगको गरेको अन्तरसंवाद कार्यक्रममा स्थानीय राजनीतिक दलले लिखित प्रतिबद्धता जाहेर गरेका छन् ।
कार्यक्रममा निर्वाचन पूर्व, निर्वाचन हँुदा र निर्वाचन पश्चात् तीन चरणमा बालबालिका प्रयोग हुनसक्ने भएकाले सबै चरणमा चनाखो भएर बालअधिकारको संरक्षणमा लाग्ने प्रतिबद्धतासमेत जाहेर गरेका थिए ।
प्रतिबद्धतालाई गम्भीरताका साथ कार्यान्वयन गर्ने भन्दै दलका स्थानीय कमिटीले वडा कमिटीसम्म सम्म का नेता तथा कार्यक्रतालाई प्रतिबद्धता कार्यान्वयनका लागि जानकारी गराउने नेकपा माओवादी केन्द्रका जिल्ला ईन्चार्ज गणेसप्रसाद सिहं बताउनुभयो । प्रतिबद्धता जिल्लाका जिल्लाका सबै गाउँपालिका र वडामा दलको प्रतिबद्धतापत्रमा हस्ताक्षर गरी कडाइका साथ कार्यान्वयन गरिने जिल्ला बालकल्याण समिति जाजरकाटले बताएको छ ।
निर्वाचनमा बालबालिका प्रयोग भए÷नभएको अनुगमन गर्ने भन्दै जिल्लामा सात सदस्यीय अनुगमन समितिसमेत गठन गरिएको छ । नागरिक अगुवा केशव जंग शाहको संयोजकत्वमा गठन गरिएको छ । समितिले जिल्लामा निर्वाचन गतिविधिमा बालबालिका प्रयोग भए÷नभएको अनुगमन गरी साप्ताहिकरुपमा केन्द्रीय बालकल्याण समितिमा प्रतिवेदन समेत बुझाउने अनुगमन समितिका संयोजक केशव जंग शाहले बताउनुभयो । हेमन्त के सी ,रासस



