प्रदेश ६ तयारी पूरा, आज मनोनयन

स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा प्रदेश नम्बर ६ को सम्भावित राजधानीका रूपमा हेरिएको सुर्खेतको वीरेन्द्रनगरमा चुनावी सरगर्मी बढेको छ । कांग्रेसले आइतबार उम्मेदवारी सार्वजनिक गरेपछि सर्वसाधारणले चुनावी जोडघटाउ सुरु गर्न थालेका छन् । एमाले र माओवादी केन्द्रले यसअघि नै उम्मेदवारी सार्वजनिक गरिसकेका थिए । प्रमुख दलहरूले वीरेन्द्रनगरका उम्मेदवारहरूको टुंगो लगाएपछि चुनावी माहोल झनै तातिएको छ ।
वीरेन्द्रनगर प्रदेश नम्बर ६ को मुख्य सहर भएकाले मुख्य दलहरूले यहाँको निर्वाचनलाई आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् । यसअघिका दुवै स्थानीय निर्वाचन जितेको एमाले यसपल्ट पनि आफ्नो प्रतिष्ठा जोगाउने कसरतमा छ भने दोस्रो संविधानसभामा यहाँका तीन वटै क्षेत्रमा जित हात पारेको कांग्रेसले आफ्नो पकड स्थानीय तहमा पनि कायमै राख्न जोडबल लगाएको छ । माओवादी केन्द्रले पनि वीरेन्द्रनगरलाई आफ्नो प्रतिष्ठाको क्षेत्र बनाएको छ । विगतमा फुटेर अलग भएका नेता/कार्यकर्ताहरू फर्केकाले कांग्रेस–एमालेलाई टक्कर दिन र, केही मिहेनत गरे जित्न सकिने उसको तर्क छ । वीरेन्द्रनगरमा १६ वडा छन् । साविकका गाविसहरू लाटीकोइली, उत्तरगंगा, जर्बुटा, रतु, गर्पन र गढीलाई वीरेन्द्रनगरमै गाभिएको छ । ५० हजार ७ सय ९९ मतदाता छन् ।
भोट खसाल्न आतुर
जाजरकोट– यहाँका तीन प्रमुख दलबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ । चार नगरपालिका र तीन गाउँपालिकामा कांग्रेस, एमाले र माओवादी केन्द्रका उम्मेदवार बीचनै कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ । उम्मेदवार छनोटपछि तीनै दलका बीचमा माहोल अनुकूल बनाउन रस्साकस्सी चलेको छ । पार्टीबाट सिफारिस भएका उम्मेदवार चुनावी मैदानमा आमसभा, घरदैलो, प्रचारप्रसारलगायत कार्यमा व्यस्त छन् । कुशे, बारेकोट, जुनीचाँदे गाउँपालिका र भेरी नगरपालिकाको प्रमुख तथा उपप्रमुख पदका लागि कांग्रेस, एमाले र माओवादी केन्द्रका उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
कांग्रेस र माओवादी तालमेल
मुगु– यहाँ चुनावका लागि कांग्रेस र माओवादी केन्द्रले सहकार्य गरेका छन् । छायाँनाथ रारा नगरपालिकामा कांग्रेसका तर्फबाट हरिजंग शाही मेयर र माओवादी केन्द्रबाट सुरबहादुर बुढालाई उपमेयरको उम्मेदवार बनाइएको छ । मुगुम कार्मारोङ गाउँपालिकामा कांग्रेसबाट मेयरमा छिरिङ क्याप्ने लामा र उपमेयरमा माओवादी केन्द्रले इटोल लामालाई उम्मेदवार बनाएको छ ।
सोरु र खत्याड गाउँपालिकामा भने तालमेल भएको छैन । आआफ्नै पार्टीबाट उम्मेदवार बनाएका छन् । तर, कांग्रेस उपसभापति खगेन्द्रबहादुर मल्लले वडादेखि नगरपालिकासम्म दुई पार्टीबीच सहकार्य भएको बताए । छायाँनाथ रारा नगरपालिकाका उपमेयरका उम्मेदवार सुरबहादुर बुढाले संयुक्त प्रचार अभियान चलाएको बताए । एमालेले भने कुनै पार्टीसँग सहकार्य नगरी एकल उम्मेदवारी घोषणा गरेको अध्यक्ष धर्मबहादुर शाहीले बताए ।
हुम्लामा कांग्रेस–एमाले
हुम्लाको ताजाकोट र अदानचुली गाउँपालिकामा कांग्रेस र एमालेले सहकार्य गर्ने निर्णय गरेका छन् । ताजाकोट गाउँपालिका प्रमुखमा एमालेका पूर्णप्रसाद ढकाल र उपप्रमुखमा कांग्रेसका सुरेन्द्र थापालाई उम्मेदवार बनाइएको छ । अदानचुलीमा प्रमुख र उपप्रमुखमा दुबै पार्टीले उम्मेदवार टुंगो लगाइसकेका छैनन् । मनोनयन दर्ता हुने दिनसम्म उम्मेदवार टुंगो लगाउने कांग्रेस सभापति जयपति रोकायाले बताए । उम्मेदवारको टुंगो लगाएर घरदैलो अभियान सुरु गर्ने एमाले अध्यक्ष दल रावलले जनाए ।
कालिकोटमा त्रिपक्षीय प्रतिस्पर्धा
कालिकोट– दुई दशकपछि हुन लागेको स्थानीय तह निर्वाचनमा यहाँका मुख्य ३ दलका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । कांग्रेस, एमाले र माओवादी केन्द्र स्थानीय तह निर्वाचनमा मुख्य प्रतिस्पर्धी हुन् । ०४८ को आमनिर्वाचनमा प्रतिनिधिसभा जितेको कांग्रेसले ०४९ को स्थानीय निर्वाचनमा राप्रपासँग मिलेर सभापति पनि जित्न सफल भएको थियो । त्यसपछिका निर्वाचन भने कांग्रेसका लागि प्रतिकूल हुँदै आए । ०५१ र ०५६ को प्रतिनिधिसभा जितेको एमोले पनि ०५४ को स्थानीय चुनावमा पनि राप्रपालाई सभापतिमा समर्थन गरेर उपसभापति जितेको थियो । ०६४ र ०७० को दुवै संविधानसभामा माओवादीले जित हासिल गरेको कालिकोटमा नया संरचनाअनुसार हुन लागेको स्थानीय तह चुनावमा यी ३ वटै प्रतिस्पर्धी दलले आआफूले जित्ने दाबी गरिरहेका छन् ।
राप्रपा, नयाँ शक्ति नेपाल, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चालगायतका साना दल पनि चुनावी प्रतिस्पर्धामा छन् । उम्मेदवार छनोट गर्दा कुनै पनि दलले मुख्य पदमा दलित प्रतिनिधि छनोटमा नपारेपछि दलित समुदायको चित्त दुखाइ छ ।
अन्य दलमा स्थापित दलित नेता नभए पनि माओवादी केन्द्रमा चर्चामा रहेका विष्णुबहादुर विक, दिनेश चदारा र अनन्त विकले टिकट पाएनन् ।
३० प्रतिशत मतदाता भएका दलित समुदायका कुनै पनि व्यक्तिलाई टिकट नदिएको विरोधमा यहाँका केही दलित अगुवाले छुट्टै भेला गरेर आआफ्ना दलको ध्यानाकर्षण पनि गराएका छन् । जिल्लाका सबै पालिकामा उम्मेदवारको मनोनयन दर्ताको सबै प्रक्रिया पूरा भएको मुख्य निर्वाचन अधिकृत केशवराज पाण्डेले बताए ।
सबै ठाउँमा आवश्यक कर्मचारी सुरक्षाकर्मी खटाइसकिएको छ । सोमबार हेलिकप्टरबाट निर्वाचन सामग्री पनि मान्म पुगेका छन । ६१ हजार २८ मतदाता रहेको कालिकोटमा १ सय ७ मतदान केन्द्र र ९९ वटा मतदान स्थल छन् ।
नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको प्रभाव क्षेत्र मानिने कालिकोटमा सुरक्षा व्यवस्था पनि कडा पारिएको जिल्ला प्रहरी प्रमुख डीएसपी योगेन्द्रकुमार खड्काले बताए । नरहरिनाथ गाउँपालिका, रास्कोट नगरपालिका र पचालझरना र पलातागाउँपालिकालाई सुरक्षा संवेदनशील क्षेत्र मानिएको उनले जानकारी दिए । उनका अनुसार निर्वाचनमा उम्मेदवार र मतदाताको सुरक्षाका लागि म्यादी र प्रहरीलाई मतदान केन्द्र भित्र, त्यसबाहिर सशस्त्र प्रहरी र आसपासमा रहने गरी नेपाली सेना परिचालित भएको छ ।
प्रदेश ६ प्राप्त उम्मेदवारी सूची
सुर्खेत
वीरेन्द्रनगर नगरपालिका
कांग्रेस : देवकुमार सुवेदी, जानकी सिंह
एमाले : बालाराम शर्मा, मोहनमाया ढकाल
माओवादी : रत्न गाहा, उपप्रमुख हरिमाया शर्मा
गुर्भाकोट नगरपालिका
कांग्रेस : हस्त पुन, मैना विक
एमाले : देवबहादुर खत्री, सुशीला विक
माओवादी : हिरा थापा, नन्दकली विक
भेरीगंगा नगरपालिका
कांग्रेस: भूपेन्द्रबहादुर चन्द, रेणु ढकाल
एमाले : यज्ञप्रसाद ढकाल, चन्द्रा आचार्य
माओवादी : कृष्णप्रसाद गिरी, डिलसरा थापा
पञ्चपुरी नगरपालिका
कांग्रेस : उपेन्द्रबहादुर थापा, मुक्तिदेवी पुरी
एमाले : मनबहादुर विक, राजकुमारी तिवारी
माओवादी : धनबहादुर थापा, सीता पाण्डे
लेकबेसी नगरपालिका
कांग्रेस : उमेश पौडेल, डिलमती विक
एमाले : गगनसिं सुनार, शान्तिकुमारी छन्तेल
माओवादी : खड्गबहादुर घर्ती, आरती विक
मुसीकोट नगरपालिका
कांग्रेस : महेन्द्र केसी, हिमकुमारी मल्ल
एमाले : विमलकुमार पुन, केशरी गौतम
माओवादी : देविलाल गौतम, प्रेमकुमारी सुनार केसी
चौरजहारी नगरपालिका
कांग्रेस : बलवीर गोसाईँ, मनीषा भण्डारी
एमाले : शेरबहादुर केसी, कल्याणी खड्का
माओवादी : विशाल शर्मा, राधा रोका
आठबिसकोट नगरपालिका
कांग्रेस : धिरेन्द्र बटाला, अनिता बुढा
एमाले : हरिप्रसाद शर्मा, अमृता शाह
माओवादी : गोरखबहादुर केसी, गीता नेपाली
कालिकोट
खााडाचक्र नगरपालिका
एमाले : जसिप्रसाद पाण्डे, विजया विष्ट
कांग्रेस : पदमबहादुर शाही, राजकौरा शाही
माओवादी : लक्ष्मी प्र चौलागाईं (शैलेन्द्र), गंगा खड्का
रास्कोट नगरपालिका
एमाले : मनिराज बराल, उमा शाही
कांग्रेस : दानबहादुर बम, भावना शाही
माओवादी : काशिचन्द्र बराल, मिमसरा बम शाही
तिलागुफा नगरपालिका
एमाले : कलबहादुर शाही, गंगा खत्री
कांग्रेस : शंकर उपाध्याय, लक्ष्मी शाही
माओवादी : रतनबहादुर शाही
जुम्ला
चन्दननाथ नगरपालिका
माओवादी : अशोक कुमार श्रेष्ठ
जाजरकोट
भेरी नगरपालिका
काँग्रेस : सनतकुमार कार्की, धनाकुमारी चपाई
एमाले : सिपी घर्ती मगर, देवी नेपाली
माओवादी : ढकबीर राना, कृष्णा शर्मा
छेडागार नगरपालिका
कांग्रेस : रत्नबहादुर खडा, उपप्रमुख रेश्मा शाही
एमाले : लालबहादुर महतारा, सरीता वली
माओवादी : चन्द्रबहादुर थापा, धर्मशिला बस्नेत
त्रिबेणी नलगाड नगरपालिका
कांग्रेस : छवि पन्त, धनमाया शाही
एमाले : नबेन्द्र नेपाली, सुनिता बोहरा
माओवादी : टेकबहादुर रावल, बालकुमारी बस्नेत
दैलेख
नारायण नगपालिका
काँग्रेस : मणिराम रेग्मी, वासना थापा
एमाले : रत्नबहादुर खड्का, सावित्री मल्ल
राप्रपा : गंगाराम बस्नेत, कृष्ण सिहं
माओवादी : दानबहादुर महतारा
दुल्लु नगरपालिका
कांग्रेस : घनश्याम भण्डारी, कृष्णा शाही
एमाले : बरुनाथ योगी, विस्ना थापा खड्का
राप्रपा : गणेश उपाध्यय, दुर्गा शाही
माओवादी : ढकेन्द्र वहादुर शाही
आठविस नगरपालिका
कांग्रेस : प्रेम प्रकाश शाही, दीपा माझी
एमाले : खड्गराज उपाध्याय, गौमता विक
माओवादी : जोकबहादुर थापा मगर
चामुण्डा विन्दासैनी नगरपालिका
कांग्रेस : गणेशकुमार शाही, इन्द्राकुमारी शाही
एमाले : सूर्यबहादुर शाही, तारा शाही
मावोवादी : रण बहादुर खड्का ।
उम्मेदवार छान्न सकस
चितवन– भरतपुर महानगरपालिकामा माओवादीले एक साताअघि नै मेयरमा रेणु दाहाल र उपमेयरमा सुरेन्द्र गुरुङलाई मनोनयन गर्दै प्रचार सुरु गरेको छ । एमालेले सोमबार मेयरमा देवी ज्ञवाली र उपमेयरमा दिव्या आचार्यलाई चयन गरेको छ । कांग्रेसले सोमबार साँझसम्म उम्मेदवारको टुंगो लगाउन सकेको छैन । कांग्रेस जिल्ला सभापति जितनारायण श्रेष्ठले अबेरसम्म पार्टी केन्द्रीय कार्यालयमा छलफल जारी रहेकाले ढिलाइ भएको बताए ।
कालिका नगरपालिका
कांग्रेस : कमलप्रसाद आचार्य, निरुजा श्रेष्ठ
एमाले : खुमनारायण (गोपी) श्रेष्ठ, कमला भट्टराई
माओवादी : रामध्वज डल्लाकोटी, सविता लामा
राप्ती नगरपालिका
कांग्रेस : किरणभूषण ओली, अनिता मैनाली
एमाले : प्रभा बराल, इमानसिंह लामा
माओवादी : रामचन्द्र पाठक, कल्पना लामा घलान
माडी नगरपालिका
कांग्रेस : खेमप्रसाद महतो, शिवमाया भट्टराई
एमाले : नारदमणि पौडेल, ताराकुमारी काजी महतो
माओवादी : ठाकुरप्रसाद ढकाल, सरिता महतो
राप्रपा : बद्री तिमल्सिना
भरतपुर महानगरपालिका
एमाले : देवी ज्ञवाली, दिव्या आचार्य
माओवादी : रेणु दाहाल, सुरेन्द्र गुरुङ
रत्ननगर नगरपालिका
एमाले : नारायण वन, विमला दुवाडी
माओवादी : राजु अमगाईं ‘सुबोध’, संगीता भट्टराई
खैरहनी नगरपालिका
एमाले : लालमणि चौधरी, सुनीता थपलिया
माओवादी : एकराज डल्लाकोटी, रेवती उप्रेती ।
मकवानपुरका उम्मेदवार
हेटौंडा उपमहानगपालिका
एमाले : हरिबहादुर महत
माओवादी : बलराम बल, कमला पौडेल
राप्रपा : मधु अधिकारी
थाहा नगरपालिका
एमाले : विष्णु ढकाल, कल्पना बलामी
माओवादी : लवशेर विष्ट, शकुन्तला गोपाली
राप्रपा : हरेराम कार्की ।



