पत्नी उपप्रमुख, पति वडाध्यक्ष

हरि गौतम
रुकुम,   धेरै पति–पत्नीले सँगै राजनीति गर्छन् । नेतृत्वमा दुवै भने कमै पुग्छन् । रुकुम माओवादी केन्द्रका एक जोडी नेताले भने स्थानीय तह निर्वाचनमा उम्मेदवारी पाएका छन् । मुसीकोट नगरपालिकाको उपप्रमुखमा केन्द्रले प्रेमकुमारी सुनार केसीलाई उठाएको छ । सँगै, उनका पति गोपेश्वर केसीलाई नगरपालिकाको १० नम्बर वडाध्यक्षमा उम्मेदवार बनाइएको छ । अहिले दुवै प्रचारप्रसारमा व्यस्त छन्

गोपेश्वर माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आयोजक समिति सदस्य तथा मुसीकोट नगर समिति अध्यक्ष पनि हुन् । गत चैत २५ गते बसेको माओवादी केन्द्रको मुसीकोट नगर समितिको बैठकले नगर प्रमुख, उपप्रमुखसहित अन्य वडाका अध्यक्ष र सदस्यका उम्मेदवार सर्वसम्मत टुंग्याए पनि १० नम्बर वडाको अध्यक्ष भने टुंग्याउन सकेको थिएन ।

आकांक्षीहरू धेरै भएकाले सर्वसम्मत निर्णय गर्न नसकेको माओवादीले अन्तत: गोपेश्वरलाई १० नम्बर वडाबाट अध्यक्षमा लडाउने निर्णय गरेको हो । स्थानीय तहको कुनै पनि पदमा चुनाव नलड्ने योजनामा रहेको भए पनि पार्टीको निर्णयलाई स्वीकार गरेको उनको भनाइ छ ।

‘यो मैले चाहेर भन्दा पनि पार्टीको निर्णयका कारण भएको हो,’ केसी भन्छन्, ‘पार्टीको एउटा इमान्दार सिपाही व्यक्तिगतभन्दा पार्टीको निर्णयको आधारमा चल्नुपर्छ ।’ मुसिकोट नगर उपप्रमुखकी उम्मेदवार प्रेमकुमारीले पनि पार्टीले निर्णय गरेपछि दुवैजना उम्मेदवार बनेको बताइन् । प्रेमकुमारी पनि माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आयोजक समिति सदस्य हुन् ।

 





error: Content is protected !!