जुम्ला कांग्रेसमा तनाव, कार्यकर्ताले घेरे आफ्नै नेताको घर

जुम्ला : नेतृत्वले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी चयनमा हस्तक्षेप गरेको भन्दै जुम्ला बजारमा नेपाली कांग्रेसका नेता कार्यकर्ताले विरोध जनाएका छन् । नगरपालिका र गाउंपालिकाको प्रुमख र उप-प्रमुखको टिकट वितरणमा केन्द्रले हस्तक्षेप गरेको भन्दै कांग्रेस कार्यकर्ताले विरोध प्रदर्शन गरेका हुन् ।
कांग्रेस नेता कार्यकर्ताले कालो झण्डासहित विरोध जुलुस निकालकेपछि जुम्लाबजार तनावग्रस्त बनेको छ । जिल्ला कार्यसमितिलाई दिइएको अधिकार अनुसार जिल्ला कार्यसमितिले नगर प्रमुखमा राजुसिंह कठायतलाई बहुमतीय प्रणालीबाट सिफारिस गरेपनि केन्द्रबाट मंगलबार विहान मात्रै कान्तिका सेजुवाललाई टिकट दिएपछि स्थानीय नेता कार्यकर्ता विरोधमा उत्रिएका हुन् । चन्दननाथ नगरपालिका प्रमुखका कान्तिका सेजुवाल र उप-प्रमुखमा जगतबहादुर खत्रीलाई केन्द्रले टिकट दिइएको हो ।
जिल्ला कार्यसमितिलाई दिइएको अधिकार केन्द्रले हस्तक्षेप गरेको भन्दै नगरपालिकाभित्र कांगे्रसले उम्मेदवारी दर्ता नगराउने वताएको छ भने कार्यकताहरुले संसद ललितजंग शाहीको घर घेराउ गरेका छन् ।



