निर्वाचन अधिकृतद्वारा रसुवामा आत्महत्या प्रयास, हेलिकप्टरबाट काठमाडौं ल्याईंदै

वैशाख १९, काठमाडौं – रसुवाको कालिका गाउँपालिका–२ मा स्थानिय निर्वाचन गराउन खटिएका सन्तोष गिरीले आत्महत्या प्रयास गरेका छन् । आफु बसेको सरकारी गेष्ट हाउसमा उनले खादामा झुण्डिएर आत्महत्या प्रयास गरेपछि खादा काटेर उनलाई अस्पताल लगिएको थियो ।

‘प्ररम्भिक अनुसन्धानको क्रममा आत्महत्या प्रयास गरेको देखिन्छ’ जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख (डिएसपी) फणिन्द्र प्रसाईंले भने, ‘अहिलेसम्म होस खुलेको छैन, थप उपचारका लागी काठमाडौं पठाईएको छ ।’

सुरुमा नुवाकोट अस्पतालमा भर्ना गरिएका गिरीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याउन लागिएको डिएसपी प्रसाईंले जानकारी दिए ।





error: Content is protected !!