मतदाता शिक्षाको प्रभावकारीता : जाजरकोटमा ग्वाला गएका कृषकलाई मतदाता शिक्षा

जाजरकोट ।
निर्वाचन शिक्षा दिनको लागि गाउँगाउँ छिरेका निर्वाचन शिक्षा कार्यकर्ताले निर्वाचन शिक्षा कार्यक्रमलाई प्रभावकारी वनाउनको लागि ग्वाला गएका किसानलाई समेत निर्वाचन शिक्षा दिएका छन् ।
स्थानिय तहको चुनाव नजिकिदै गर्दा वस्तीवस्तीमा निर्वाचन शिक्षावाट सवैलाई निर्वाचन प्रती उत्साहित गर्ने र मतपत्र बदर हुन नदिने उदेश्यकासाथ शिक्षा कार्यकर्ताले ग्वाला, खेतवारी र मेलापातमै गएर निर्वाचनका वारेमा जानकारी दिन थालेका हुन् । गाउँगाउँ छिरेका निर्वाचन शिक्षा कार्यकर्ताले अन्तरकृया, घरदैलो र पोष्टर टास्ने समयमा छुटेका स्थानीय सर्वसाधरणलाई समेट्नको लागि यो उपाय अपनाएको शिक्षा कार्यकर्ताले जानकारी दिएका छन ।
यसैविच साविक झाप्रा गाउ विकास समितिको वडा नं ७

 

 

 

 

 

 

 

 

 

 

 

मा ग्वाला गएका किसानलाई ग्वाला गएकै स्थानमा गएर निर्वाचन शिक्षा प्रदान गरिएको छ । ग्वाला गएका स्थानिय पुर्णबहादुर नेपाली र लालबहादुर सिह ं लगाएतलाई निर्वाचन शिक्षा प्रदान गरिएको छ । यसरी निर्वाचनका वारेमा जानकारी पाएपछि स्थानिय सर्वसाधारण खुसी भएका छन। चुनाव प्रती आफुहरु आतुर रहेको यो पटकको चुनावमा आफुले राम्रो मान्छे लाई जिताउनको लागी मत रद्ध् हुननदिने स्थानिय पुर्णबहादुर नेपालीले जानकारी दिनु भयो ।

पुर्णबहादुर जस्तै लालाबहादुर सिहं र डिलवहादुर शाहीले पनी लामो समय पछि हुने निर्वाचनमा आफुहरु जसरी भएपनि भोट हाल्न जाने वताउदै भोट हाल्ने तरिका सिक्ने वताउनु भयो ।





error: Content is protected !!