अब मधेसमा एउटै शक्ति

काठमाडौंः मधेस केन्द्रीत पाँच दलबीच एकीकरण हुँदैछ। मधेसी मोर्चामा आवद्ध पाँच दलबीच बिहीबार औपचारिकरुपमा पार्टी एकता हुन लागेकाे हाे।
मधेसी जनअधिकार फोरम गणतान्त्रिक, तराई मधेस लोकतान्त्रिक पार्टी, तराई मधेस सद्भावना पार्टी, सद्भावना पार्टी र राष्ट्रिय मधेस समाजवादी पार्टीबीच एकताको घोषणा हुन लागेकाे हाे।
बुधबार बसेकाे पाँच दलकाे बैठकले पार्टी एकताका लागि नेतृत्व र पार्टीको नाम टुंग्याएको थियाे। एकीकृत नयाँ पार्टीको नाम ‘राष्ट्रिय जनता पार्टी’ राखिने भएको छ ।
पार्टीको चुनाव चिह्न ‘छाता’ रहने छ । पार्टी सामूहिक अध्यक्ष मण्डल बनाएर नेतृत्व सञ्चालन हुने भएको छ ।



