अतिक्रमण गरेको छोड्नुहोस , नत्र हटाउन लागेको सुल्क पनि तपाईले तिर्नुपर्छ ?

जाजरकोट । भेरी नगरपालिकाले आफ्नो क्षेत्रमा वाटोमा राखिएका घुम्ती ढ्व्रिहरु तथा वाटो अवरुद्ध हुने गरि जोडिएका घरका छानाहरु टिन जोडिएका छानाहरु सार्वजनिक वाटोमा राखिएका निर्माण सामाग्री तथा फोहोर पानीका पाइपहरु तत्काल हटाउन आग्रह गरिएको छ ।
विशेष गरि वाटो मिचिएर वनाइएका भौतिक संरचनालाई लक्षित गरिएको यो सार्वजनिक सूचनामा कसैले अटेर गरेमा नरपालिकाले आफै हटाउने र हटाउदा लाग्ने सवै खर्च सम्वन्धित घर धनी वाट असुल उपर गर्ने समेत जनाएको छ ।
नगरपालिकाले पटक पटक यस्ता सूचना जारी गरे पनि अहिले सम्म कसैले नटेरेको नागरिक अगुवा राजेन्द्र विक्रम शाहले जानकारी दिनु भयो ।
यसै विच नगरपालिकाले आफ्नो क्षेत्र भित्रका सम्पुर्ण करदाताहरुको आर्थि वर्ष ०७३ ।०७४ को वार्षिक घर तथा जग्गा कर पेशा व्यवशाय कर घरवहादर कर सवारी साधन तलगाएका करहरु यहि वैशाख मसान्त भित्र वुझाउन अनुरोध गरेको छ ।
भेरी नरपालिकाको कार्यालयमा पुगेर कर वुझाउन अनुरोध गरिएको नगरपालिकाले जनाएको छ । तोकिएको मिति भित्र कर वुझाउन नआउमा नियमाअनुशार जरिवाना हुने र दर्ता नगरेर व्यवशाय संचालन गरेको भए तत्काल आफ्नो पेशा व्यवशाय दर्ता गर्न नगरपालिकाका कार्यकारी अधिकृत रामप्रसाद शर्माले सवैमा अनुरोध गर्नुभएको छ ।





error: Content is protected !!