नेतृ हिसिलाले दुखाइन तीन करोड नेपालीको मन

सं
झना पौडेल,
नेवारी भाषाको बोलाइमा तपाई बोल्दा ‘टपाई’ निस्किन्छ म त्यो त्यो मान्छु । त्यसैले विधयेक खारेज गर भन्ने नारामा देश खारेज गर निस्केको अस्वभाभिक मान्न सकिंदैन । माफी माग्ने हिशिला यमी पहिलो नेता भने होइनन् ,यस अगि ठुलो दलका ठुलो झन्डै आधा दर्जन नेताहरुले टङ्ग स्लिप गरिसकेका छन् ।
मनोविज्ञानका अनुसार मानिसले सामाजिक बन्धन तथा अन्य बाधाहरूका कारणले भन्न नसकेका र गर्न नसकेका कुराहरू अवचेतन मनमा जम्मा रहेको हुन्छ र यस्तो कुरा वा चाहना, सपना, मूर्छा वा बेहोसिमा अभिब्यक्त हुन्छ ।
अब भन्नुहोस हिसिला यमी र नयाँ शक्ति पार्टीको आन्तरिक कुरा के हो रुहो मुर्छत अवस्थामा भनिन म मान्छु तर त्योृ अवस्था किन र कसरी जाग्यो र कसरी फुस्को भन्दा उनले भित्रि मनमा दबाएर राख्दा राख्दा नै ओकेल्न पुगेकी हुन भन्दा कुनै फरक नपर्ला ।
यमीले आन्दोलनको बेला आवेग र अर्धवेहोसीमा नारा लगाउँदा अभिव्यक्ति दिएको भनेपनि मान्छेको भित्रि मनमा जे छ त्यही कुरा आउने गरेको मनोचिकित्सकहरुले बताएका छन् । मनमा दबेर बसेको कुरा अर्धवेहोसी अवस्थामा आउने गर्छ । दिल्ली दरवारले देखेको सपना हुनसक्छ ।
जन्म दिने आमालाई बेहोसीमा छिमेकीको श्रीमती भनिदिन पाइन्छ र रु किन बावुराम भटृराइले भारतको बिरोध गर्नेले पार्टी छोडे हुन्छ भनेका रहेछन् रु वास्तममा हिसिलाले नयाँ शक्तिको वास्तविक एजेण्डा ओकलेकि हुन भनेर पनि सामाजिक संञ्जालहरु भरिएका छन् ।
मनमा उकुस मुकुश र कपट नभैकन नेतामा दर्ज भै सकेको प्राणिको मुखबाट यस्तो शब्द कदापि निस्कदैन । के कुनै पनि अपराधीले यमिले जस्तै बेहोसी अपराध गरेछु मलाइ आम माफी दिनुस् भन्दा पाउछ रुकुनै एउटा बलात्कारीले नारीको इज्जत लुट्छ अनि मेरो होस गुमेको थियो भनेर माफि पाउँछ रुहो यतिबेला यमको अभिब्यतिले आगो बलेको छ प्रत्येक नेपालीको मनमा ।
सारा तीन करोड नेपालीको बलात्कार गरेकी छिन यमिले के माफी माग्दैमा हाम्रो इज्जत फिर्ता आउँछ रु अब के कारवार्हि हुन्छ सरकार रु यसरी हरेक कुरामा माफि माग्दै जाने हो भने माफि शब्दकै बेइज्जत हुने डर छ । एउटा सच्चा देश प्रेमीले त अर्ध बेहोशीमा झन् देशभक्ति को पो नारा लगाउछ दिमागले भन्दा पनि देशको प्रेम गर्ने मुटुले पहिला नै काम गरिसकेको हुन्छ ।
देश हाक्ने नेताबाट यस्तो क्रियाकलाप देख्दा, अब यस देशका सबै जनतालाई म के भन्न चाहन्छु भने यस्ता नेताहरु को पछि लाग्नु हाम्रो मुर्खता हो, । अब कुरा गरौं नयाँ शक्ति नेपालकी सदस्य समेत रहेकी नायिका करिश्मा मानन्धरको ।
उनले एउटा स्टाटस लेख्दै म सिनेमाको कलाकार हुँ, प्रविधि बुझ्छु । हिसिला यमीको जसले डबिङ गरेर हालेको छ उहाँको चरित्रहत्या गर्न खोजेको हो, तिनलाई थाहा भएनछ, खुला ठाउँमा इको आउँदैन । फेरि डबिङ गरेर अझै झुटो थपेर हाल्नुहोस् ।
भनिन छि कति घिनलाग्दो कुरा गरेको बरु बोल्नेले कुरा फुत्कियो भनेर माफि माग्यो । एक कलाकार भएर यस्तो लजास्पद कुरा गर्नु मुर्खता बाहेक केही नहोला काग बढि बाठो भयो भने।।।।।। खान्छ रे करिश्मा ज्यु तपाइ नखानु ।










