शिक्षितका श्रीमती नै पाठेघर खस्ने समस्यामा


हेमन्त के सी
चैत्र २४ जाजरकोट । यहाँका वुद्धिजिवी र शिक्षित परिवारकै महिलाहरु पाठेघर खस्ने समस्यावाट पिडित भएको पाईएको छ । सुत्केरी हुँदा श्रीमान््घरमा नहुँनु , सासु,ससुरा र नन्दवाट उचित स्याहार नपाउँदा यहाँका अधिकांश शिक्षित परिवारकै महिलाहरु पाठेघर खस्ने समस्याट पिडित भएको वताएका हुँन्् ।
सुत्केरी हुँदा कसैले पनि २२ दिन सम्म सुत्केरीलाई छुनु हुन्न भन्ने अन्धविश्वासका कारण यहाँका ग्रामीण भेगका महिलाहरु पाठेघर खस्ने समस्यावाट पिडित भएको पाईन्छ । सुत्केरी भए देखि २२ दिन सम्म आफ््नो खाना वनाएर खाने काम देखि ,धारावाट पानि ल्याउनुका साथै आफ््नो फोहोर कपडा आफै सफा गर्ने र वच्चालाई जन्म दिएपछि घरका सवै काम गर्नुपर्ने वाध्यताले गर्दा पाठेघर खस्ने समस्या यहाँका महिलाहरुमा वल्झिदै गएको पंञ्चभयार माविका शिक्षिका नन्दा शाही केसीले वताउनुभयो । ग्रामीण क्षेत्रका अधिकांश महिलाहरु स्वास्थ्य संस्था टाढा भएका कारण घरमै असुरक्षित रुपमा सुत्केरी हुँदा सुत्केरीले उचित उपचार नहुँदा समस्या हुँदै आएको शाही केसीको भनाई छ ।
असुरक्षित रुपमा सुत्केरी हुँदा जवरजस्ती वच्चा निकाल्ने तरिकाले सुत्केरी महिलाको घाउ ठुलो हुँन गई केहीले अत्यधिक रक्त श्रव हुँदा धेरैको अकालमा ज्यान समेत गएको स्वस्थ्यकर्मीले वताएका छन्् । सुत्केरी हुँदा पाठेघर सफा गर्नुपर्ने , टाँका लगाउनु पर्ने भएपनि असुरक्षित रुपमा सुत्केरी हुँदा यि काम नहुँदा सुत्केरीको अवस्था समस्या पुर्ण हुँने डाक्टर विभान्त शाहको भनाई छ ।
जिल्लाको त्रिवेणी नलगाड नगरपालिका ८ हल्चौरकी भगवती खत्रीको विगत ४ वर्ष देखि पाठेघरकै समस्याका कारण आफु निकै पिडित भएको वताउनुभयो । सुरु ,सुरुमा वस्दा आँङ आएर यौनीमा वुजो लागेको जस्तो हुँने गर्दथ्यो । वस्न समस्या हुने गथ्यो , के कारणले भयो भन्ने मलाई थाह थिएन , विस्तारै ढाड दुख्ने , गरुङ्गो भारी वोक्दा अपठ््यारो हुँने लगाएका समस्या आएपछि म जाजरकोटको दल्ली स्वास्थ्य चौकीमा आएर जाँच गराउँदा पाठेघरमा घाउ भएको डाक्टर सायवले भनेपछि मलाई के भएको रहेछ भनेर थाह पाए भगवतीले पिडा सुनाईन्् । भगवतीको घरका सवै जहानपरिवार शिक्षित भएका पर्दछन्् । त्यस्तै सोही वडाकै वलकुमारी खत्रीको समस्या पनि उस्तै छ , उनी सुत्केरी हुँदा भैसी वाँध्ने गोठमा गएर सुत्केरी भएको झलझली सम्झदै भन्नुहुन्छ — मैले छोरा जन्माउदा एक कुनामा भैसी अर्को कुनामा मैले छोरा जन्माएको थिए , त्यही कुनामा २२ दिन विताएको थिए , पानी , दाउँरा, भैसीलाई घाँस काट््ने काम सवै मैले नै गर्नुपथ्योँ , सुत्केरी भएर एक कुनामा राखेर एक कुनाको पुरै मल निकालेर त्यही माथी खर विच्छ््याएर २२ दिन कटाएको हुँ । यो साविकको खगेनकोट ६ नं वडामा मात्र २३ जना भन्दा वढी महिलाहरु पाठेघर खस्ने समस्यावाट पिडित भएको पाईएको छ । प्रया पुरुष संग पाठेघर पिडित महिलाहरु नखुल्ने , आफ््ना समस्या लाजका कारण नभन्ने भएका कारण समयमा उपचार हुँन नसकेको वातारवरणीय कृषि तथा विकास केन्द्र केटका रामविक्रम शाहले वताउनुभयो ।
जिल्लाका ८ गाविसमा केडले नमुना जोडी वनाई अभियान कत्र्ता मार्फत नवविवाहित , सुत्केरी ,गर्भवती, पाठेघर खसेका महिला संग छलफल गर्ने र समस्या समाधानका लागि परामर्श समेत दिने गदै आएको छ ।
केडले गाउँ गाउँमा यो अभियान चलाएपछि महिलाहरु पाठेघर समस्याहरु नमुना जोडी मार्फत खुलेको शाहले वताए । जिल्लाका यस्ता पाठेघर खसेर समस्यामा परेका महिला लाई नीतिगत निर्णय गरि उपचारमा सहयोग गरे यहाँका अधिकांश महिलाको जीवन अकाल्मै नजाँने शाहको भनाई छ । यहाँका ४७ प्रतिशत भन्दा वढी महिलामा यस्तो समस्या रहेको जिल्ला स्वास्थ्य कार्यालयले वताएको छ ।
जिल्लाका अधिकांश ठाउँमा हुँने शिविरमा समेत अधिकांश महिलाहरु पाठेघर खसेका मात्र हुँने गरेको स्वास्थ्यकर्मीले वताएका छन्् ।
हेमन्त के सी रासस





error: Content is protected !!