के–के हुन्छ गाउँकै सिंहदरबारबाट काम सूचीसहित

काठमाडौं । सरकारले घोषणा गरेको आउँदो बैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनपछि आफ्नो वडाबाट के–के काम हुन्छ होला रु अहिले सबैलाई यहि जिज्ञासा हुनसक्छ । तपाइँ अन्यौलमा पनि परेको हुन सक्छ । तर तपाइले आफ्नो गाउँबाट पाउँने सेवा सुविधाबारे बुझ्नैपर्छ ।

स्थानीय निकायको जनप्रतिनिधिको हैसियतले सामान्य सिफारिसका काममा सीमित हुन्थे भने अब संविधानले नै स्थानीय सरकारको परिकल्पना गर्दै त्यसैअनुसार अधिकारसम्पन्न बनाएको छ ।
केन्द्रको अधिकारलाई स्थानीय स्तरसम्मै पुर्‍याएको कारण पनि अब गाउँमै सिंहदरबार भनिएको हो । अझ भनौं जनताले नजिकै देख्न र भेट्न मिल्ने सरकार पाउँदैछ, गाउँमै सिंहदरवार ।
विगतका स्थानीय निकाय अब आफै सरकारका रूपमा परिवर्तित हुनेछन् । संविधानले दिएका अधिकारहरूसहित स्थानीय तह कार्यान्वयनमा आएपछि सिंहरदरबार र जिल्ला धाउनुपर्ने अवस्थाको अन्त्य हुनेछ ।
अब वडाबाट हुने कामहरु
नाता प्रमाणीत
जन्ममिति प्रमाणित
विवाह प्रमाणित
नागरिकताको सिफारीस र नागरिकताको प्रतिलिपि लिनको लागि सिफारीस
नाम, थर जन्म मिति संशोधनको सिफारिस
जग्गा धनीपूर्जा हराएको सिफारिस
कागज र मन्जुरीनामा प्रमाणित
बहाल करको लेखाजोखा सिफारिस
मोही लगत कट्टा सिफारीस
घरजग्गा करको लेखाजोखा सिफारीस
ब्यापार व्यवसाय बन्द भएको, संचालन नभएको वा हुँदै नभएको सिफारिस
मिलापत्र कागज बनाउने निवेदन दर्ता सिफारीस
निशुल्क वा सशुल्क स्वास्थ्य उपचार सिफारिस
आफ्नो अधिकार क्षेत्रको विषयमा अंग्रेजी भाषामा सिफारीस, प्रमाणित
घर पातल प्रमाणित
व्यक्तिगत विवरण प्रमाणित
पुर्जामा घर कायम गर्ने सिफारीस
फरक फरक नाम थर र जन्म मितिको सिफारीस, प्रमाणित तथा दुबै नाम गरेको व्यक्ति एकै हो भन्ने सिफारीस
कित्ताकाट सिफारीस
संरक्षक प्रमाणित तथा संस्थागत र व्यक्तिगत संरक्षक सिफारिस
जिवीतसंगको नाता प्रमाणित
हकवाला वा हकदार प्रमाणित
नामसारि सिफारीस
जग्गाको हक सम्बन्धि सिफारीस
मृतकको नाता प्रमाणित, सर्जमिन र सिफारिस
उद्योग ठाउँसारी सिफारीस
जिवित रहेको सिफारीस
पूर्व प्राथमिक विद्यालय खोल्ने सिफारिस
जग्गा मुल्यांकन सिफारीस प्रमाणित
विद्यालयको कक्षाबृद्धि सिफारिस
पालन पोषण सिफारिस
बैवाहिक अंगिकृत नागरिकता सिफारिस
आर्थिक अवस्था कमजोर, विपन्नता वा सम्पन्नता सिफारिस
प्रचलित कानुन बमोजिम अन्य सिफारिस तथा प्रमाणित
धारा तथा विद्युत जडान सिफारीस
विद्यालय ठाउँसारी सिफारीस





error: Content is protected !!