रुकुम पुगेर मन्त्री शर्माले भने: मधेसी मोर्चाका माग पूरा गरेर मात्र निर्वाचन

रुकुम, २३ चैत – ऊर्जा मन्त्री जनार्दन शर्माले मधेसी समुदायका माग पूरा गरेर मात्र स्थानीय तहको निर्वाचन हुने बताएका छन्।
बुधबार बिहान रुकुममा आयोजित ‘स्थानीय तहको निर्वाचन र संविधान कार्यान्वय’ विषयक अन्तक्रिया कार्यक्रममा उनले सरकार र मधेसी मोर्चाबीच समस्या समधानको लागि छलफल भइरहेकाले यसलाई टुङ्गोमा पुर्याएर आगामी वैशाख ३१ मै स्थानीय तहको निर्वाचन हुने दाबी गरे।
सिंहदरबारको अधिकार गाउँरगाउँसम्म पुर्याउन र विकास निर्माणको ढोका खोल्नका लागि पनि स्थानीय तहको निर्वाचन भएको मन्त्री शर्माको भनाइ थियो। उनले अब छिट्टै ‘नेपालको पानी जनताको लगानी’ अभियान मार्फत आठ हजार मेघाबाट विद्युत् उत्पादन कार्यको सुरुवात गरिने जानकारी दिए। सरकारले विद्युत् उत्पादनको लागि सबै प्रक्रिया पूरा गरिसकेकाले अब जतिसक्दो छिटो निर्माणकार्य सुरु हुने उनले बताए। रासस










