आर्थिक प्रलोभन र आपराधिक मानसिकता कारण शाहको हत्या गृहराज्यमन्त्री वाँनियाँ

चैत्र १५ गते वेलुका विभत्स रुपमा हत्या गरिएका रविन्द्र शाहको हत्या राजनैतिक नभई आर्थिक प्रलोभन र अपराधिक मानसिकताका कारण भएको गृहराज्यमन्त्री ईन्द्र वाँनियाँले वताउनुभयो ।
जाजरकोट सदरमुकाममा नेपाल प्रेस यूनियानले गरेको पत्रकार भेघाट कार्यक्रममा वोल्दै वाँनियाँले यस्तो वताउनुभएको हो । अहिले अनुसन्धानमा अपराध अनुसनधान व्यूरो , विभिन्न प्रविधिहरु प्रयोग भएका कारण हत्याराको पहिचान भईसकेको उहाँले वताउनुभयो । अपठ्यारो ठाउँमा नै वढी अपराधीक घटना हुँने गरेको भन्दै माओवादीको युद्धपनि अपठ्यारो ठाउँवाट भएको उहाँले वताउनुभयो । जिल्लाका एनजिऔहरु सुरक्षाको कारण देखाउँदै गाउँ जाँन अस्विकार गरिेहेका वेला निर्धक भएर गाउँमा काम गर्न आग्रह गदै सरकारले शान्ति सुरक्षाको पाटो मजवुत वनाएको उहाँले दावी गनुभयो । जिल्लामा ६ जना ईङसिपेक्टरको दरवन्दी भएकोमा अहिले १ जना मात्रले काम चलाएको पाईएको म काठमाण्डौँ गएर तुरुन्त दरवन्दी अनुसारको सुरक्षाकर्मी पठाउँने प्रतिवद्धता व्यक्त गनुभयो ।
त्यस्तै नेपाली काग्रेस जाजरकोट क्षेत्र नं १ का सभापती महेन्द्र शाहले हत्या भएका रविन्द्र शाहलाई सरकारले सहिद घोषणा गर्न माग गनुभयो । निर्वाचन आचारसंहिता लागेका वेला गृहराज्यमन्त्री ईन्द्र वाँनियाँले हेलिकप्टर प्रयोग गरेको भन्दै आलोचना समेत भएको छ । उहाँ सोमवार विहान ११ वजे हेलिकप्टरमा आउँनुभएको थियो भने वेलुका ४ वजे सांसद राजिवविक्रम शाहलाई लिएर काठमाण्डौँ जानुभएको थियो । प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार रामदिप आर्चायले आचारसंहिता विपरित मन्त्रीले यस्तो गर्नु राम्रो नभएको वताउनुभयो ।





error: Content is protected !!