दुनियाँले जिउदो लास ठाने पछी

के हुन्छ तिमी आँफै घुमी भन,
बुद्धी भ्रस्ट भएकाहरुको जमातमा फसे पछी।
के हुन्छ तिमी आँफै सोची भन,
चुल्हो छेउ जुठो चुठे पछी।
के हुन्छ तिमी आँफै भोगी भन,
आफ्नैले बिश्वासघातको छुरा घोपे पछी।
सुनसान माहोलमा आई खुसुक्क भन,
कस्तो हुन्छ यहाँ बाचेर हास्न।
दुनियाँले जिउदो लास ठाने पछी।
आफन्तले कोल्टो फेरे पछी।
सरिता गुरुग





error: Content is protected !!