शाहको हत्यामा विप्लव माओवादीका कार्यक्रता हात

जाजरकोट । चैत्र १५ गते वेलुका जिल्ला स्वास्थ्य कार्यालय जाजरकोट नजिक हत्या गरिएका नेपाल विद्यार्थी सघका पुर्व केन्द्रिय सदस्या तथा पाँचतारा यूवा संरक्षणका अध्यक्ष रविन्द्र शाहका हत्यामा विप्लव माओवादीका कार्यक्रताको हात रहेको प्रहरीले वताएको छ ।
शाहको हत्या गर्न संलग्न भएको भन्दै प्रहरीले विप्लव माओवादीका कार्यक्रतालाई सार्वजानिक समेत गरेको छ । मंगलवार प्रहरी ले खगेनकोटका ठगेन्द्र सिंह र पिपेका डिलवहादुर रानालाई सार्वजानिक गरेको छ । सदरमुकाम स्थित भेरी गेष्ट हावसका सञ्चालक समेत रहेका शिव भनिने ठगेन्द्र सिंहको होटलमा वसेर शाहको हत्या गर्ने योजना वनाएको प्रहरीले वताएको छ । हत्यामा अन्य वलवहादुर मल्ल पौरख , प्रेम ओली, ईन्द्र शाही , दिर्घवहादुर नेपाली , नाम नखुलेको सुर्खेतका एक विप्लव कार्यक्रता रहेको एसएसपी महेशविक्रम शाहले वताउनुभयो । वलवहादुर मल्ल शाह हत्याको मुख्य योजनाकार भएको प्रहरीले वताएको छ ।
अनुसनधानको क्रम्म १३ जनालाई पक्राउ गरेकोमा ८ जनालाई अनुसन्धान पछि छाडिएको र ५ जनालाई आवश्यक अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ । चन्दा र ठेक्का मा रकम नदिएको आरोपमा शाहको हत्या भएको प्रहरीले वताएको छ । अहिले फरार रहेका र खोजतलास गरिरहेका हरुमा वलवहादुर मल्ल पौरख , प्रेम ओली , ईन्दै शाही , दिर्घ नेपाली , सुर्खेतका विप्लव माओवादीका एक कार्यक्रता रहेको छन् ।










