चट्याङबाट चार जनाघाईते

जाजरकोटः जाजरकोटको डाँडागाउ ९ बाँगेडाँडा टोलमागए राति चट्याङ लागेर एकै घरका चार जना घाईते भएका छन् । घाईते हुनेमा रामबहादुर थापा, डम्बरा कुमारी थापा र हजारी थापा, विपना थापा रहेका छन् ।
त्यस्तै चट्याङ लागेर घर नजिकै बाँधिएको भैसीको मृत्यु भएको छ । स्वास्थ्यचौकी टाढाको दुरीमाभएकाकारण घाईतेहरुको लागिउपचार हुननसकेको स्थानीय वसन्त रोकाय ले जानकारी दिए । चट्याङकै कारण थापाको घरमा जडान गरिएको सौर्य प्रणालीमा क्षतिपुगेको रोकायले बताए ।










