पत्रकार महासंघ जाजरकोटका अध्यक्ष जनक केसीले मरेर भुत भएमा जनतालाई चुस्नेलाई तसाउने

नेपाल पत्रकार महासंघ जाजरकोटका अध्यक्ष जनक के सी संग भेरी खवरको शनिवारको स्तम्भ तपाई के चाहानुहुन्छ भन्नु प्रश्नमा उहाँको जवाफ ।
१. के छ हाल खवर?
ठीक छ । सवै सन्चै आरामै छ ।
२. आज भोलि केमा व्यस्त हुनु हुन्छ?
अहिले पत्रकारीता र शिक्षणमा व्यस्त छु ।
३. तपाइ जन्मनु भएको कि जन्माइएको हो?
प्राकृतिक हिसावले म जन्माइएको हुँ यो जैविक सत्य पनि हो तर सामाजिक जिम्मेवारी र जीवन चक्रको हिसावले म जन्मेको हुँ किन भने म जुन पहिचानका साथ वाँचेको छु त्यहा विषेश जिम्मेवारीर कर्तव्य छ जो मैलो पुरा गर्नु छ ।
४. तपाइको जन्म कसका निम्ति?
मेरो जन्म पहिले मेरै लागि हो । मैले आफुलाइ एउटा पुर्ण मानिस वनाइसकेपछि अरुका लागि यो जीवन खर्चिने हो । जसले जति भने पनि जीवन पहिले आफना लागि अनि मात्र अरुको भलाइ र सेवाका लागि हुन्छ ।
५. कलेज पढ्दा कति आए लभलेटर?
उमेर, जवानी र वैँसको वेला मनका नजरहरु कता डुल्छन् र कसका यता तिर डुलिन्छन् भन्ने कुरा सवै स्वभाविक रुपमा गनना भित्र पर्छ । लभ लेटरको कुरा गर्दा आउथे केहि मात्रामा र यता वाट पनि जान्थे उस्तै मात्रामा ।
६. आमा र प्रेमिका मध्य एक जनालाइ रोज्दा?
म आमालाइ नै रोज्छु किन भने मानिसले एक पटक मात्र पाउने तीन कुरा हुन्छन् । वावा, आमा र जवानी । जुन एक पटक गुमाएपछि फेरि पाउन सम्भव छैन। त्यसैले आमालाइ नै रोजिन्छ सजिलै ।
७. तपाइ हिड्दै गर्दा ५ किलो सुन भेटाउनु भयो भने के गर्नु हुन्छ नि?
मेरो स्वभाव यस्ता कल्पना गर्ने चलन छैन किन कि यो व्यर्थको कल्पना हो तर यदि भेटि हाले पनि आफनो जीवनलाइ अर्थपुर्ण वनाउने काममा सदुपयोग गर्छु होला । कसैको हराएको भए उसैलाइ फर्काइ दिन्छु ।
८. राज्यले तपाइलाइ सन्चार मन्त्री वनाइदियो भने तपाइको प्राथमिक्ता के हुन्छ ?
यदि म यो देशको सन्चारमन्त्री हुने मौका पाए भने सवैभन्दा पहिले नेपालका श्रमजीवी पत्रकारहरुको ज्याला राज्यवाट दिलाउने व्यवस्था गर्थे तर पत्रकारहरुको व्यावसायीकरण र उनीहरुको शसक्तीकरणको मुद्धालाइ पहिलो प्राथमिक्तामा राखेर काम गर्थे ।
९. मन पर्ने खाना ?
मलाइ मन पर्ने खाना भनेको दाल भात तरकारी र अचार नै हो सवै भन्दा वढी ।
१०. डान्सवारमा कत्तिको जानु भयो नि?
एक पटक गएको छु , साथीहरुले लिएर गएको हो त्यो पनि ।
११. मनपर्ने संगीत?
मलाइ लोकगीतमा भरिएको संगीत सारै मन पर्छ अनि आधुनिक तर्फ नारायण गोपालले गाएका गीतहरुमा भरिएको संगीत मन पर्छ ।
१२. मन पर्ने कपडा?
ढाका टोपी, दौरुवा सुरुवाल र कोट सारै मन पर्ने र मलाइ सुहाउने कपडा या पोषाक हो ।
१३. मन पर्ने ठाउँ?
मलाइ जाजरकोटकै गाउँहरु मन पर्छ घुम्नका लागि पोखरा राम्रो लाग्छ ।
१४. मन पर्ने व्यक्ति ?
मलाइ मेरो जीवनमा प्रभाव पार्ने व्यक्तित्वको रुपमा विपी कोइराला र राजा महेन्द्र सारै मन पर्छ ।
१५. सेक्सप्रति तपाइको धारणा के छ?
सेक्स मानिसको जीवनमा अनिवार्य आवस्यक्ता हो । यसलाइ सकरात्मक सोच र प्रेमका साथ प्रयोग गरियो भने जीवनको सवै भन्दा वढी विस्वास र माया प्राप्त गर्न सकिने शक्ति पनि हो ।
१६. नेपालमा सेक्स स्वतन्त्रता हुनुहुन्छ भन्ने पक्षमा कि विपक्षमा?
नेपालमा सेक्स स्वतन्त्रता भन्दा पनि यसप्रतिको वुझाइको कुरा महत्वपुर्ण हो । सेक्सलाइ जीवनको स्वस्थ मनोरन्जनको रुपमा लिने र हाम्रा मुल्य मान्यतालाइ ख्याल गर्न सकियो भने सेक्स स्वतन्त्रता भए झन राम्रो ।
१७. जीवनमा सवैभन्दा वढी मजा के गर्दा आउछ?
मैलेगरेको कामले हरुलाइ सहयोग र राहत मिलेको वेला जीवनमा सवै भन्दा वढी मजा आउछ । पत्रकारीताका माध्यमवाट धेरै व्यक्तिको जीवनमा ठुलो परिवर्तन र सहयोग पुगेको छ त्यहि नै मेरो जीवनको ठुलो मजा र उपलव्धी हो ।
१८. जीन्दगीमा भुल्नै नसकेको क्षणलाइ सम्झिनु पर्दा ?
मैले लेखेको समाचार र अन्तराष्टिय नारी दिवसका दिन दिएको भाषणका कारण जाजरकोटको नायकवाडाकी आगोमा जलेर मृत्युको मुखैमा रहेकी एक दलित महिलाको सम्पुर्ण उपचार खर्च जुटेको र उनले नयाँ जीवन पाएको क्षण मैले सधै सम्झन्छु ।
१९. कहिले काहि यो पत्रकारीता पेसामा किन लागिएछ जस्तो लाग्दैन?
नाइ मलाइ त्यस्तो कहिले पनि लागेको छैन र लाग्ने पनि छैन । पत्रकारीताका माध्यमवाट मैले आफनो व्यक्तित्व विकास गर्न मात्र पाएको छैन मैल समाज परिवर्तनका लागि ठुलो भुमिका निर्वाहगर्ने अवसर पाएको छु त्यसैले यो पेसा प्रति कुनै पछुतो र गुनासो छैन ।
२०. तपाइको अघि साक्षत भववान प्रकट भएर कुनै दुइ चीज माग्नु परे के के माग्नु हुन्छ?
ढुगा, फोटो र मुर्तिमा भगवान छन् भनेर म विस्वास गर्दिन यदि चमत्कारीक रुपमा मेरो अघि भगवान आएर दुइ कुरा माग भने भने म यो देशका सवै अपराधी र वदमासहरुलाइ नास गर्न सक्ने दैवीय शक्ति र नेपालको लागि सम्वृद्धिको यात्रा सुरु गर्ने सदवुद्धि जनताका लागि माग्ने थिए ।
२१ . मरेर भुत भए कसलाइ तर्साउनु हुन्छ?
इदि त्यस्तो भएँ भने म सवै भन्दा पहिला नेपाली जनतालाइ सधैठग्ने र सधै उनीहरुको रगत र पसीनामा झुटो राजनीति गर्नेलाइ तर्साउने थिए ।



