नलसिङगाडमा २७ करोड भ्रष्टाचार, सञ्चालकविरुद्ध मुद्दा दायर

काठमाण्डौँ , परामर्शदाता नियुक्तिका क्रममा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नलसिङगाड जलविद्युत् आयोजनाका मोतीबहादुर कुँवरसहित ६ जनाविरुद्ध २७ करोड २४ लाख रुपैयाँ विगो माग दाबी गरी आइतबार भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले नलसिङगाड जलविद्युत आयोजना विकास समितिका कार्यकारी निर्देशक मोतीबहादुर कुँवर, सिनियर डिभिजनल इञ्जिनियर सूर्यप्रसाद रिजाल, गोकर्णराज पन्थ, लेखा अधिकृत आनन्द चापागाई, कानुन अधिकृत राजेशकुमार थापा, स्मेकका प्रतिनिधि उदीपलाल श्रेष्ठविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो





error: Content is protected !!