सम्झनाको तरेलीमा‘रविअंकल’

दिनेशजंगशाह
खैं के भनौं, कसरी शुरु गरौं । शोकको यो घडीमा ।
विश्वास नै लाग्दैन, अझैं पनि । हजारौं माईल टाढाको यो विरानो ठा“उमा, आ“खारसाई नै रहेका छन । गलाअबरुद्वबनेको छ ।ह“सिलो त्यो मुहार, आखैं वरिपरि ना“चे झैं लाग्छ । नरम, मिठास बोलीकानमैं गुन्जिएझैं लाग्छ । एतै कतैबाट बोलाए जस्तो, ‘के छदिनेश, खबर ।’आ“सु छछल्किदंैं थाकेका, अनि टोलाएकाआ“खाले फेसबुक मार्फत त्यो देह,शिवालयको चितामा खरानीभईसकेको देख्दापनि, अझैं अपत्यारिलो लाग्ने । यो मन नैमान्दैन । प्रिय रविअंकलएतैकतै भयो जस्तो ।आफनैं वरिपरी ।अनायशमै उनकै आवाजगुन्जिएको जस्तो ।
उमेरले केहिबर्ष कान्छा भएपनि,हामी स“गै जस्तो हुर्कियौं । वल्लो घर, पल्लो घर ।एउटै परिवेश । घरको नाता स“गै एउटै मावलीको सम्बन्धले पनिशायदहोला, झनै निकट थियौं, हामी । झगडापनिभईरहन्थ्यो, मेलमिलापपनित्यस्तै । सानो छ“दा, बिहानबिहानै रविअंकल, सिगान पुछदैं हाम्रो घर आ“उथे, पढन । हाम्रो बुवाले हामी सबैलाई पढाउने । अलि समयपछि, मेरो दाईले, त्यसको केहि समयपछि मैले पनि पढाए, रविअंकललाई । रविअंकल रहाम्रो घरमा बस्ने फुपुको छोरा कुलदिप बस्नेत, एउटै कक्षामा पढथे । कहिलेकाहिभित्रघरकाकुलदिपभाई पनिआउथे, पढन । होमवर्क समयमानगरेपछि वा नपढेको खण्डमा, कान समातेर उठबसको सजायहुन्थ्यो । पहिलेदेखि अलिअन्र्तमुखी स्वभावका रविअंकल, उठबस गर्दागर्दै आ“सु झाथ्र्ये, तर केहि बोल्दैनथे । त्यो, बाल्यकाल एउटा अध्यायथियो । त्यसरी चल्दै थियो, जिन्दगी । नातामा ठुलो भएपनि, आफुभन्दा सानो भएकोले रविअंकललाई धेरै समय पछि सम्मपनि ‘त’ नै भनेर सम्बोधनगथ्र्ये, म ।पछि ठुलो भएपछि नाताअनुरुप सम्मानगर्न थालियो, अंकललाई ।
जिवनको गोरेटोमाअध्ययनकालागि म काठमाडौंआएको चार÷पा“चबर्षको अन्तरालमा रविअंकलपनि काठमाण्डौं आए, अध्ययनकालागि । पछि स“गै बस्न थाल्यौं, घट्टेकुलोमा । त्यहि दौरान,विभिन्न समयमा बाबुघरकाश्यामदाई, रविदाई, प्रकाशभाई, अनिदिपककार्की भाई, नवराजदाई, सालघारीकाप्रकाशअंकल स“ग, स“गै सुखदुख सगैं झेलियो ।सर्घषको जिवनको धकेल्दै गईयो, नया“ जिवनको आशै आशमा ।परिचितहुनवाअन्जान, अर्कालाई एकदमै सम्मानगर्न जान्ने, सानालाई मायागर्ने संस्कार बोकेका रविअंकल,अन्र्तमुखी स्वभावभएकाकारण सित्तिमित्तीआफनो समस्या कसैलाई भन्दैनथे । त्यसको उल्टो, मेरो भने खुलस्तहुने स्वभाव ।
आज यो ह्दयविदारक घटनाको बीच धेरै पहिले घटेको एउटा घटना मेरो मानसपलटमा हिजो रातीएक्कासीआयो । मनै थाम्न सकिन । आजभन्दा १९ बर्ष अघिको घटनाहो, त्यो । सन १९९८ को विश्वकप फुटबल फ्रान्समाचल्दैथियो । काठमाण्डौंमाहाम्रो डेरामा टिभी थिएन, पल्लो कोठामा मधेशतिरका एक सज्जन बस्थे, परिवार सहित । त्यहिगएर रातभर फुटबल, श्यामश्वेत टिभीमा हेन्थ्यौं। कहिलेकांहिमैतीदेवीमन्दिरनजिकै बस्ने हरिकृष्ण दाईको डेरामाजान्थ्यौं, फुटबल हेन्थ्र्याै, अनि भिम दाईले खानाबनाउ“थे, त्यतै खानाखान्थ्यौं । त्यसैक्रममा, एकदिनदिउ“सोरविअंकलले डेरा नजिकै एउटा रेन्टुरेन्टमा चाउचाउ र अण्डाको नास्ताखाएर आएछन् । काठमाण्डौंपानीत्यस्तै त हो ।अनि रातीदेखि पखालालागेछ । के भोभन्दा,अलि‘पेट गडबड’भयो मात्रभन्ने । अस्पताल जा“उभन्दा, केहि भा छैन्, भनिरहे रविअंकलले । भोलिपल्ट समस्याले च्यापिसकेछ । भाडाबान्ता भईसकेको रहेछ तर पनिखुलेर केहि नभन्ने बानी। तल्लो तलामाथियो, शौचालय ।
शौचालयगएर फर्कदा, कमजोर भएर सिढी उक्लिननसकेर भुईमा लडेछन्, अंकल । घरबेटीले खबर गरेपछि हामीहतार हतार तलझ¥यौं । आ“खा भरि आ“सु पारेर म तिर हेर्दै रविअंकलले भने‘ दिनेश, अस्पताल जानु प¥यो । मर्छु किक्याहो ।’
मैले भने ‘केहि हुदैन् हजुरलाई, हामी छौं नी, अस्पताल लिईहाल्छौं नी ।’
लगत्तै पिपलडा“डाका कान्छे अंकल (ओमजंग), दौडेर मैतीदेवीचोकमापुगेर टयँक्सी बोलाएर ल्याए । मैले र खगेनकोट दल्लीकामित्र लक्ष्मण सिंहले बोकेर टयाक्सीमा राख्यौं । टेकु अस्पताल पु¥यायौं । डाक्टरले काठमाण्डौंभित्रै रहेरपनियति ढिलो ल्याउने भन्दै रिसाए । झण्डै दश÷बाह्रबोत्तल स्लाईन पानी चढाएपछि, अलि बिसेक भयो । रातभर अस्पतालमाकु¥यौं । भोलिपल्टको सा“झ डिस्चार्ज भएपछि हामी सबै फक्र्याै, डेरा ।
अहिले म सोच्दैछु । कतै त्यहिअन्र्तमुखी स्वभाव, रविअंकलको अभिशाप त भएन । योविझत्स घटना अघि, अनिष्टबारेको संकेत तआएको थियो होला, अथवाधम्कीआएको थियो होलाकि। केहि बोलेको भएहुन्थ्योकि, परिवार स“ग, साथीभाई स“ग वा राज्य स“ग । मिडिया मार्फत सार्वजनिकभएको भए, यो अनर्थ टथ्र्याे कि ।केहि सजकताअपनाएको भए, यस्तो अनिष्ट हुदैनथ्यो कि । खैके भनौं, अनिष्ट भयो । यस्तो सुन्नु प¥यो । देख्नुप¥यो । मन भित्रभित्रै लाग्छ, घटना हुदा“ स“गै भईदिएकोभए, के गर्न सकिन्थ्यो कि । कसैले अलिकतिप्रतिकार गरेको भए, ज्यानबच्न सक्थ्यो कि । यो अन्र्तमनको कुरा…. । बिडम्बना, हुने हार….. दैव नटार।
जिवनअनुमानै गर्न नसकिने एउटा यात्राहो । एउटा नया“ जिवनको खोजीमादशबर्षअघि अमेरिकामा आएपछि, धेरै रुपले जन्मथलो स“गको सामिप्यतामा दुरी बढयो । यसकाविविधकारणहरु छन्, कुनै दिनगाथाहरु लेखौंला । तैपनिकहिलेकाहि कुरा हुन्थ्यो, रवि स“ग । कुरैकुरामाकहिलेकाहिअमेरिकाबाट केहि चाहिन्छ, चाचु भन्दा, उनीले जहिले पनि एउटा वाक्य दो¥याईरहन्थ्ये, ‘ठिक छ, दिनेश । अहिलेलाई खासै केहि चाहिएको छैन् ।’ धेरै बर्षपछि नेपालगएको बेला, गतदशैंको टिकाको लगत्तै, एक दिनको लागीजाजरकोट पुग्दा, दिनभर अनि सा“झपनिहामी स“गै थियौं । भोलीपल्टबिहानकुल देउताको मन्दिरमापुजाग¥यौं । दिउ“सो नेपालगंजफर्किने बेलामा, पहिलोपटक म स“ग केहि अनुरोध गरे जस्तो गरे रविअंकलले । त्यो पनि कुरा घुमाएर । अमेरिकामाकति पर्छ, आईफोनको मोल भनेर सोधे । ‘७५÷८० हजार नेपाली रुपिया“ पर्छ’ मैले भने, अनिप्रश्न गरे ‘किन?आईफोन चाहियो र ।’
रविअंकलले भने ‘नया“ होईन, पुरानो भएपनि हुन्छ । कति पर्छ, एउटा पठाईदिनु त,दिनेश । यहा“ ुस्यानदाई’ (मेरो बुवा) लाई पैसा दिईदिउला ।’
म केहिझोक्किए, अनिभने‘ हजुर स“ग पनि पैसा लिन्छु र । कस्तो कुरो गरेको ।’ मैले चलाईरहेकोआईफोन ६ प्लस दिदै भने‘ यहि राखिस्यो न त । यो फोन ‘अनलक’पनि छ, यहा“ चलिहाल्छ । म अर्काे अमेरिकामै किनौला।’ तर उनलेलिनै मानेनन् । ‘नेपाल बसुन्जेल तिमीलाई चाहिएला, मलाई एउटा पुरानो पठाईदिनु नी, अलि पछि’ रविले भने । मैले पुरानो होईन्, नया“ नै दिने वाचा गरेको थिए, त्यतिबेला । मेरो वाचा पुरा गर्ने त्यो दिन, अबकहिले नफर्कने गरेर अतितमाबिलाएको छ । अहिले त्यो क्षण सम्झदा, मन भक्कानेर आउ“छ । जिप चढने बेला, सिटिजन बैंक अघिको भेट, अन्ततजिवनकै अन्तिमबन्यो । ‘शुभयात्रादिनेश’भनेर हातहल्लाएका, अंकल, अब फेरि कहिलैं भेटिने छैनन् । यसपटक यस्तै भयो, अर्काेपटक जाजरकोट आउ“दा साथीभाई जमघट, रमाईलो गर्नुपर्छ भनि मैले अंकललाई वचनदिएको थिए । तर…. कठै, दैवको लिला ।
मृत्यु मानवीयजिवनको शाश्वतपक्षहो तैपनि, आफन्तप्रियजनको अवसानले सबैकालागिमर्माहात नै हुन्छ । लाउलाउ, खा“उखा“उउमेरका मृदभाषी, मिलनसार, के रचनात्मककाम गरौं भन्ने भावनाकाअंकलमाथि, पापिष्टहरुले जसरी प्रहार गरे, त्यसले यो मनझनै छिया छियाभएको छ । भौगोलिकरुपमा धेरै टाढा हु“दा, पिडा झनै थपिएको महशुस हुदैछ । यो दुखमा ८० उमेरको हाराहारीमाजिजुबुवा, जिजुमुवालाई सम्झिदा“, मनै स्तब्ध बन्छ । आफुलाई सम्हाल्नगाह्रो ठान्छु । केहि महिनाअघि मात्रहोनहार ज्वा“ई गुमाएका, उहा“हरुमा कस्तो गुज्रिएको होला, शायदै कल्पनागर्न सकिएला । हे प्रभु, सहने शक्ति देउ । भगवान, अबआईन्दा यस्तो अनर्थ कसैमाथिनपरोस ।
अपराधीहरु, सजायको भागीदार बनेको चा“डै हेर्न र सुन्नपाईयोस ।
अंकलको आत्माले शान्तिपाओस, स्वर्गवास होस । कामना गरौं, परिवारमाआएको विपतलाई समयले पुर्नेछ, घाउमा खाटा लाग्नेछन । जिवनहो, यसलाईजिउनु नै छ ।
प्रिय रविअंकल, अलबिदा, अलबिदा, अलबिदा πππ
जाजरकोट, खलंगा, थाप्ले
हालःन्युयोर्क, अमेरिका










