सिंहदरवारको अधिकार गाउँमा आएको – पुर्व गृहमन्त्री शक्ति वस्नेत

जाजरकोट । जनयूद्धको उपलव्धी नै सिंहदरवारको अधिकार गाउँ गाउँमा ल्याउनु रहेको नेकपा (माओवादी केन्द्र)का नेता तथा पुर्व गृहमन्त्री शक्तिवहादुर वस्नेतले वताउनुभयो । गाउँको विकास र उन्नतीका लागि अवको चुनाव भएकाले यहाँका स्थानीयले कुनै वोतल खाएर गरिने चुनाव नभएको उहाँले वताउनुभयो ।
जनता र माओवादीको सहकार्यले सिंहदरवारको अधिकार गाउँ गाउँमा आएको दावी गदै पुर्व गृहमन्त्री वस्नेतले अव फेरी एक पटक माओवादीलाई भोट दिई देशको थप विकास गर्ने मौका दिन स्थानीय संग अनुरोध गनुभयो । व्यवस्थामा केही सुधार भएपनि गाउँ गाउँ हुँने विकास घर घरले अनुभुर्ती गर्नुपर्ने अवस्था ल्याउन माओवादीलाई अमुल्य भोट दिन उहाँले अनुरोध गर्नुभयो । राजनीति क्रान्तिमा माओवादीलाई जनताले साथ दिए जस्तै अव फेरी विकासको क्रान्तिमा साथ दिन वस्नेतले आग्रह गनुभयो । गाउँ गाउँमा भौतिक संरचना निर्माण गरेर मात्र विकास नहुँने भन्दै उहाँले अव त्यसलाई व्यवहारिक रुपमा प्रयोग गर्नु ठुलो कुरा भएको उहाँ वताउनुभयो ।
जाजरकोटको वहुँनथानमा भएको कार्यक्रममा वोल्दै वस्नेतले यस्तो वताउनुभयो । माओवादीको एजेण्डा पास गर्न जनताले साथ दिने हो भने अव यूवाहरु विर्देशिनु नपर्ने समेत वताउनुभयो । त्यस्तै नेकपा माओवादी केन्द्रका संगठन विभाग प्रमूख तथा पुर्व रक्षा मन्त्री रामवहादुर थापा वादलले व्यक्तिको शाषन अन्त्य गरि जनताको शाषण ल्याएको वताउनुभयो । नेपालमा भएका विदेशी हस्तक्षेप र विदेशीको हैकम विरुद्ध जनयूद्ध गरिएको भन्दै अव जनताको शाषन सहितको अधिकार जनताको माझमा ल्याएको थापाले वताउनुभयो । आशन्न चुनावलाई हुँन नदिन देशी , विदेशी तत्व दैनिक लागि रहेको समेत उहाँले दावी गनुभयो ।
सो कार्यक्रममा नयाँ शक्ति नेपाल जाजरकोटका यूवा अध्यक्ष लोकेन्द्र महर लगाएत ४२ जना र नेकपा एमाले र कांग्रेसवाट ५४ जनाले माओवादीमा प्रवशे गरेका माओवादीले जनाएको छ ।





error: Content is protected !!