रुकुमका दुई नगरमा एकैदिन माओवादी सम्मेलन


रुकुमका दुई नगरपालिकामा नेकपा माओवादी केन्द्रले एकै दिन सम्मेलन गरेको छ ।

मुसीकोट नगरपालिका र चौरजहारी नगरपालिकामा एकै दिन सम्मेलन गरिएको हो ।

चौरजहारी सम्मेलनको पूर्वरक्षामन्त्री रामबहादुर थापा ‘बादल’ र मुसीकोटको सम्मेलन पूर्वगृहमन्त्री शक्ति बस्नेतले उद्घाटन गर्नुभएको हो ।

सम्मेलन उद्घाटनअघि दुबै नगरमा विभिन्न गाउँबाट आएका झाँकी जुलुस प्रदर्शन गरिएको थियो ।










