राजपत्रमा उल्लेख भएको केन्द्र हुनुपर्ने माग सहित प्रधानमन्त्रीलाई ज्ञापन पत्र

जाजरकोट । नेपाल राजपत्रमा भएको केन्द्र कायम हुनुपर्ने माग सहित सोमवार त्रिवेणी नलगाड नगरपालिका का स्थानीयले जिल्ला प्रशाषण कार्यालय जाजरकोटमा ज्ञापन पत्र वुझाएको छन् । डोल्पाको सिमाना संग जोडिएका स्थानीयले आज जिल्ला प्रशाषण कार्यालय जाजरकोटमा गई नगरपालिकाको केन्द्र मन्मैमा हुँनुपर्ने भन्दै जिल्ला प्रशाषण मार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापन पत्र पठाएका छन् ।
नेपाल राजपत्रमा प्रकासित भएको मन्मै केन्द्र भन्दा चैत्र १ गते जाजरकोट सदरमुकाममा केही दलको वैठक वसी दल्लीमा त्रिवेणीनलगाड नगरपालिकाको केन्द्र हुने निर्णय गरेका थिए ।

दल्लीमा भएको केन्द्रले साविकको रग्दा र भगवती गाविसका स्थानीयहरु मर्कामा पर्ने भन्दै यहाँका स्थानीयले राजपत्रमा प्रकासित भएको केन्द्र नै ठिक विन्दुमा भएको वताउँदै आएका छन् । नेपाली कांग्रेसका किसोर मल्ल , नेकपा एमालेका नवेन्द्र नेपाली , नेकपा (माओवादी केन्द)्रका प्रेमवहादुर खत्री गौरव लगाएको टोली र स्थानीय को वाक्लो उपस्थितीमा जिल्ला प्रशाषण मार्फत प्रधानन्त्री कार्यालयमा राजपत्रमा प्रकासित मन्मै केन्द्रलाई नै स्थापित गर्न माग गरिएको छ । चैत्र ४ गते दल्लीमा कर्मचारीलाई जवरजस्ती लिएर एक समुहले नगरपालिकाको उद्धघाटन गरेका थिए भने अर्को समुहले मन्मैमा एक कार्यक्रम गरि उद्धघाटन गरेका थिए ।
राजपत्रमा प्रकासित भएको केन्द्र नै विच सेन्टरमा पर्ने भन्दै केही दलका व्यक्तिको वल मिच्याई ले आफुहरु पिडित भएको नेकपा (माओवादी केन्द्र)का जिल्ला कमिटीका सदस्य प्रेमवहादुर खत्रीले वताए । तोकिएको ठाउँ भन्दा विपरित भएमा कडा आन्दोलन गर्ने उनीहरुले वताएका छन् ।





error: Content is protected !!