ग्रामीण क्षेत्रका जनताले चाहेको नेतालाई भोट हाल्न नपाउँने भएपछि

जाजरकोट  । यहाँका ग्रामीण क्षेत्रका ३० प्रतिश भन्दा वढी स्थानीयहरु मतदान कार्यमा सहभाती हुँन नपाउँने भएका छन् । फोटो सहितको मतदाता नामावली तथा नागरिकता नभएका कारण उनीहरु भोट हाल्नवाट वन्चित भएका हुँन् ।

त्रिवेणी नलगाड नगरपालिकाको वडा नं ८ स्वाँराको मानवहादुर खत्रीको ६ जनाको परिवारले भोट हाल्न नपाउँने भएका छन् । फोटो सहितको मतदाता नामावली भर्न गाउँका गएका जिल्ला निर्वाचन कार्यालयको व्यापक प्रचारप्रसार नगर्दा उनीहरु भोट हाल्न नपाएको वताएका छन् । यो परिवार जस्तै यहि वडाकै धनवहादुर विकका ६ जनाको परिवारले पनि मतदान गर्न नपाउने भएको छ । गाउँमा मतदाता नामावली भर्न कोही नआएका कारण आफुहरु छुटेको धनवहादुरले वताउनुभयो । त्यस्तै वारेकोट गाउँ पालिकाको वडा नं १ कि पेन्टे खत्रीको ५ जनाको पुरै परिवारले मतदान गर्न नपाउँने भएपछि खिन्न भएको वताएका छन् ।

मतदाता नामावली भर्न कति खेर आए उनीहरुलाई थाह नै नभएको उनीहरुले वताएका छन् । नागरिकता भएपछि भोट हाल्न पाईदैन र ? पेन्टेका श्रीमानले प्रश्न गर्नुभयो । उहाँलाई फोटो सहितको मतदाता नामावली नभएमा भोट हाल्न पाईदैन भन्ने सम्म थाह नहुँदा समस्य भएको सुनाउनुभयो ।
सञ्चारमाध्यमको पहुँच नभएका र वौदेशिक रोजगारी तथा भारत कमाई गर्न गएका अधिकांश स्थानीयहरु फोटो सहितको मतदाता नामावलीमा छुटेको पाईएको छ । जिल्लाका अधिकांश ग्रामीण क्षेत्रमा रहेका स्थानीयहरु नागरिकता नहुँनु र नागरिकता भएपनि फोटो सहितको मतदाता नामावली भर्नुपर्छ भन्ने ज्ञान नहुँदा स्थानीयहरु भोट हाल्नवाट वन्चित भएको पाईएको छ ।





error: Content is protected !!