आठ महिना देखि उद्यारो शिक्षण

जाजरकोट , त्रिवेणी नलगाड नगरपालिकाका वडा १३ मा रहेको एक विद्यालयका शिक्षकले आठ महिना देखि उधारो पढाएको वताएका छन् । विद्यालयमा प्रयाप्त दरवन्दी नभएका कारण निजी स्रोत वाट राखिएका शिक्षकलाई नेपाल राष्ट्रिय माध्यमिक विद्यालय (साविक)को भगवती ३ ले तलव दिन नसक्दा शिक्षकहरु उद्यारो पढाउन वाध्य भएका हुँन् ।
२०२२ सालमा स्थापना भएको यो विद्यालय जिल्लाको अत्यन्त दुर्गममा पर्दछ । प्रावि तहको दरवन्दीको भरमा यहाँको मावि सञ्चालनमा रहेको छ । ६ जना निजि स्रोतवाट राखिएका शिक्षकवाट विद्यालयमा मावि तह सञ्चालनमा आएको छ । भवणको अभाव रहेको यो विद्यालयमा अहिले जिल्ला शिक्षा कार्यालयवाट नयाँ भवण निर्माणको रकम उपलव्ध गराएपछि निर्माण कार्य जारी रहेको छ । मासिक ६ हजार देखी १४ हजार रुपैया उद्यारो तलवको भरमा विद्यालयमा पढाउन वाध्य भएको शिक्षक भोली प्रसाद विष्ट वताए । सरकारवाट कति ५ वटा दरवन्दी र निजी स्रोतवाट ६ जना शिक्षकहरु कार्यरत रहेको प्रधानाध्यापक विरेन्द्रमान श्रेष्ठ वताउनुभयो ।
विद्यालयमा पढ्ने विद्यार्थीहरुका अभिवावकवाट पैसा उठाएर निजी स्रोतवाट राखिएका शिक्षकलाई तलव खुवाउनु पर्ने वाध्यता रहेको श्रेष्ठले वताउनुभयो । सवै प्रावि तहका शिक्षकका भरमा मावि तह सञ्चालन गर्दा विद्यार्थीको स्तर माथि उठ्न नसकेको स्थानीयहरु वताउछन् । गाउँलेहरुले वढी तलव र उद्यारोमा पढाउने मानिस नभएका कारण गाउँका यूवाहरुलाई काम चलाउदै गदै विद्यालय सञ्चालन गरिएको वताएका छन् । गाउँको विद्यालमा रकम नभएको थाह पाउँदा पाउँदै दैनिक कसरी माग्नु , फेरी नमाग्ने हो भने दैनिक कसरी समस्य टार्ने समस्य हुन्छ निजी स्रोतवाट राखिएका शिक्षक भोली प्रसाद विष्टले वताउनुभयो । अन्य सरकारी दरवन्दीमा भएका शिक्षक साथीहरु चौमासिक रुपमा टन्न पैसा वुझनुहुन्छ हामी भने अर्काले वुझेको तलव हेदै चित्त वुझाउछौँ भोलीले भताउनुभयो ।
यस विद्यालय स्थापना भएको समय देखि अहिले सम्मा कोही अनुगमण मा नपुगेको वताउने उहाँका स्थानीयहरु यस पटक जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंह पुग्दा खुलेरै आफ्ना गुनासा राखेका थिए । डोल्पाको सिमानामा यो विद्यालय पर्दछ ।










