गाई मारेको भन्दै भाइ मार्ने दाजु र भिनाजु पक्राउ

रुकुम  , गाई मारेको आरोपमा एक युवकलाई कुटपिट गरी हत्या गर्ने ४ जनालाई जिल्ला प्रहरी कार्यालय रुकुमले पक्राउ गरेको छ । बुधबार कोल गाउ ७ का २२ वर्षिय गोरे बिकको हत्यामा संलग्न ४ जनालाई पक्राउ गरी मुद्धा दायर गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ पर्नेमा कोल ७ का बिरेन्द्र तुलाचन, सोही ठाउँका धर्मराज तुलाचन, कर्मजित विक र वडा नम्बर ६ का नरबहादुर बिक रहेका छन् । नरबहादुर मृतक गोरेकका दाई तथा कर्मजित भिनाजु रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक सुरेन्द्र स्वाँरले जानकारी दिए । गत फागुन १८ गते बिरेन्द्र तुलाचनको गाई जंगलमा चर्न गएको अवस्थामा घर नफर्किए पछि गाई धनी बिरेन्द्र सहितको टोली खोज्दै जाँदा गोरेले उक्त गाईलाई आफ्नो घरमा ल्याई काटेर रगत पकाईरहेको अवस्थामा फेला पारेपछि उनीहरुले गोरे माथि कुटपिट गरेका थिए ।

कुटपिटबाट गोरेको मृत्यु भएपछि भोलिपल्ट फागुन १९ गते मृतकको घर देखी १५० मिटर टाढा खाडलखनी पुरेको अनुसन्धानबाट खुल्न आएको छ । प्रहरीले बुधबार जिल्ला अदालतबाट म्याद थप गरी उनीहरुमाथि थप अनुसन्धान सुरु गरेको छ । मृतक गोरे बिक मानसिक रोगी रहेको प्रहरीले जनाएको छ ।





error: Content is protected !!