कोहलपुर अस्पतालमा लापरवाहीको पराकाष्ट

पवन कुमार डाँगी,
बाँके, कोहलपुर मेडिकल कलेज शिक्षण अस्पतालमा स्वास्थ्यकर्मीले विरामीका कुरा नसुन्ने गरेको खुलासा भएको छ । विरामीलाई त्यहाँ रहेका स्वास्थ्यहरुले ढिला सुस्ती रुपमा औषधी उपचार गर्दा विरामीहरु मर्कामा पर्दै आएका छन् । यस अस्पतालमा विभिन्न किसिमका सेवा रहेका छन् र ति सबै सेवा जनतालाई दुःख दिन लाई मात्र भएको डोटीबाट आएका बिरामीले बताएकाछन् । रिपोटको लागी हप्ताऔ दिन सम्म कुराउने रिर्पोट माग्दा हुदैछ भन्ने र धेरै समय लगाउने छोटो गरिदिनुस भन्दा रिसाउने गरेका छन् । यसरी यो अस्पताल नियम अनुसार नचलेको र विरामीहरुलाई दुःख दिनलाई मात्र बनेको त्यस अस्पतालमा आएका विरामीहरुले बताएका छन् ।










