आफना छोराछोरीले परीक्षा दिने केन्द्रमा अनुगमन गर्नेको ओइरो

दल्ली, जाजरकोट  , जिल्लाका विभिन्न परीक्षा केन्द्रहरुमा परीक्षाको मर्यादा विगार्ने गरि अनुगमन गर्ने गरिएको भेटिएको छ ।

 

सरकारले यस वर्ष देखि विद्यालय शिक्षा परीक्षा नाम दिएको एसइइ अनुगमनको नाममा जिल्ला शिक्षा कार्यालयका कर्मचारी र अन्य व्यक्तिहरु आफना छोराछोरीहरु भएको केन्द्रमा घुइचो लाग्ने गरेका छन् ।

शिक्षा कार्यालयका कर्मचारीहरु लगाएत विभिन्न संघसस्थावाट शिक्षा कार्यालयको पत्र लिएर गएकाहरु एकै परीक्षा केन्द्रमा घुइचो लागेका कारण समस्या परेको केन्द्राध्यक्षहरुको गुनासो रहेको छ ।
जिल्ला शिक्षा कार्यालयले कार्यालय सहयोगी देखि विभिन्न क्षेत्रका व्यक्तिहरुलाइ अनुगमनको पत्र दिएपछि परीक्षा केन्द्रमा अनावस्यक भीड लाग्ने गरेको हो ।

कार्यालयले अनुगमनमा खटाएका कर्मचारीहरु आफना छोराछोरी र आफन्त भएका परीक्षा केन्द्रमा थुप्रिएपछि परीक्षाहल र केन्द्रको हातामा अनावस्यक भीड देखिएको हो । कार्यालयको चिठी देखाउदै आफनो परीक्षा केन्द्रमा १३ जना अनुगमनकर्ताहरु आएको र उनीहरु सधै परीक्षा केन्द्रमै वस्ने गरेको त्रिभुवन मावि दल्ली परीक्षा केन्द्रका केन्द्राध्यक्ष परमेस्वर शाहीले वताए ।

उनले अनाव्यस्यक रुपमा कार्यालयले हैसियत नै नभएकाहरुलाइ समेत अनुगमनकर्ताको पत्र थमाएर पठाएको वताए । परीक्षामा पत्रकार देखि शिक्षकका नेता र कार्यालयका कर्मचारीहरुको भीडले आफुलाइ समस्या परेको केन्द्राध्यक्ष शाहीले वताए । जो पनि आउछ शिक्षा कार्यालयको पत्र देखाउछ मैले कसरी कार्यालयको पत्रको अवज्ञा गर्नु? उनले भने ।

उनी मात्र होइन अन्य परीक्षा केन्द्रका केन्द्राध्यक्षहरु प्नि अनुगमनका नाममा धेरै व्यक्तिहरुको परीक्षा केन्द्रमा प्रवेशले परीक्षा व्यवस्थित ढंगले सन्चालन गर्न समस्या परेको वताउने गरेका छन् ।
त्यस्तै परीक्षार्थीहरुले पनि परीक्षा केन्द्रमा धेरै व्यक्तिहरुको प्रवेशले आफुहरुलाइ अप्ठेरो लागेको वताउने गरेका छन् । त्रिभुवन मावि खलंगाको तर्फवाट दल्ली केन्द्रमा परीक्षा दिइरहेका विवेक शाहले परीक्षामा धेरै व्यक्तिहरुको आवातजावतले आफुहरुलाइ वाधा पुगेको वताए ।
उनले घरी घरी अन्य मान्छेहरु परीक्षा हलमा आउदा आफुहरुलाइ अप्ठेरो लाग्ने गरेको वताए । जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले परीक्षा अनुगमन गर्न भनेर खटाइएका कर्मचारीहरुले इमान्दारी पुर्व परीक्षा केन्द्रमा नवसेको वताए ।
परीक्षा केन्द्रमा अनावस्यक रुपमा प्रवेश गर्ने व्यक्तिहरुलाइ नियन्त्रण गर्न केन्द्राध्यक्षहरुलाइ निर्देशन गरिएको वताए । उनले कार्यालयका तर्फवाट कार्यालय सहयोगीलाइ समेत अनुगमनमा खटाइएको विषयमा भने केहि वोल्न चाहेनन् । परीक्षाको मर्यादा कायम राख्न भन्दा वढी परीक्षा केन्द्रमा भीड गर्न अनुगमन कर्ताहरु सक्रिय रहेको सरोकारवालाहरु वताउछन् ।
परीक्षा सुधार गर्ने भन्दा परीक्षाको वातावरण विगार्ने काममा अनुगमन कर्ताहरुको भुमिका रहेको उनीहरुको भनाइ छ । शिक्षा कार्यालयले हचुवाको भरमा परीक्षा अनुगमन भन्दै जथाभावी पत्र लेख्ने गरेको सरोकारवालाहरुको गुनासो छ ।

जिल्ला भरि रहेका १९ वटापरीक्षा केन्द्रमा शिक्षा कार्यालयले आफना कर्मचारीहरु र अन्य क्षेत्रका व्यक्तिहरुलाइ परीक्षा अनुगमनका लागि खटाएको जनाएको छ । दुर्गमका परीक्षा केन्द्रमा प्राय कोहि नजाने र उनीहरु पायक पर्ने र आफन्तहरु ह्ुने ठाउँमा मात्र भीड लाग्ने गरेको पाइएको छ ।





error: Content is protected !!