जाजरकोटमा बिना ट्याङ्कीका गाडी चल्दैै

तेजवहादुर विक
जाजरकोट  – यहाँको जिल्लाको पूर्वी क्षेत्रको सडकमा निकै जोखिमपूर्ण ढंगले गाडी चलाउने गरिएको छ । अप्ठेरो सडकमा गाडीको ट्याङ्कीहरू फुटेको भन्दै खुल्ला गेलिनमा भरिएको डिजेलबाट पाइप जोडेर गाडी चलाउने गरिएको छ ।
जाजरकोट डोल्पा सडक खण्ड अन्तर्गत जिल्लाको त्रिवेणी नलगाड नगरपालिकाको खगेनकोट बगरादेखि भगवतीको तल्लुसम्मको सडकमा यसरी गाडी चलाउने गरिएको छ ।
२० किलो मिटर दुरीमा चलाइने अधिकांश गाडीहरूमा इन्धन गेलिनमा पाइप हालेर गाडी चलाउने गरिएको मात्र छैन, पुरै सिसा फुटेका गाडीहरू पनि असुरक्षित ढंगले चलाउने गरिएको छ ।
स्थानीय प्रशासनको लापरवाहीका कारण खुलेआम रुपमा यात्रु बस्ने सीट नजिकै राखिएका खुल्ला गेलिनबाट पाइपमा तेल तानेर गाडी चल्ने गरेका छन्। गाडीमा तेल भरेका गेलिनहरू खुल्ला राख्नु आफूहरूको रहर नभई बाध्यता भएको बताउँछन् यातायात व्यवसायीहरू ।
उक्त सडकमा साना गाडी चलाइरहेका जीप चालक खीमबहादुर मल्लले अप्ठेरोसडकमा गाडीको ट्याङ्की फुटेपछि गेलिनमा तेल राखेर गाडी चलाउनु परेको बताए ।
उहाँले आगलागीको जोखिम भएपनि आफूहरूले सुरक्षित रुपमा गाडी चलाउने गरेको बताए ।
गाडीमा खुल्ला रुपमा तेल राखेर गाडी चलाउँदा दुर्घटनाको जोखिम अत्याधिक भएको रग्दाका रामवहादुर ध्यारले बताउनुभयो । उहाँले गाडीमा खुल्ला गेलिनवाट तेल आपुर्ति गरेर गाडी चलाउँदा आगलागी हुने मात्र नभइ अप्ठेरो बाटोमा दुर्घटनाको जोखिम निकैरहेको बताए ।
जति जोखिमपूर्ण ढंगले चलाएपनि प्रहरी र अन्य निकायले कुनै वास्ता नगर्ने गरेको स्थानीय यात्रुहरूको गुनासो छ । एक त पहाडको बाटो निकै अप्ठेरो त्यही पनि व्यावसायीले खुल्ला गेलिनमा तेल राखेर गाडी चलाउँछन् यात्रा गर्न निकै डर लाग्यो उक्त सडकमा यात्रा गरेर खलंगा फर्किएकी खलंगाकी स्थानीय सुधा हमालले वताईन् ।
‘चढुँ भने गाडीको अवस्था निकै जोखिपूर्ण छ नचढौं भने कष्टपूर्ण पैदल यात्रा गर्नुपर्छ’, उहाँले भन्नुभयो । निकै जोखिमपूर्ण अवस्थामा जनताले यात्रा गर्नु परेको भएपनि सरोकारवालाले ध्यान नदिनु दुःखको कुरा भएको उनले गुनासो गरे । उता प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले यसबारे प्रहरीलाई आवश्यक निर्देशन गरिसकिएको बताउनुभयो । उहाँले जोखिमपूर्ण ढंगले चलाइएका गाडीहरू तुरुन्त बन्द गर्न प्रहरी परिचालन गरिएको बताए ।




सम्बन्धित समाचार


error: Content is protected !!