निर्वाचन आयोगले नेपाल पत्रकार महासंघका जिल्ला शाखामा चुनाव स्थगित गर्न पत्राचार

निर्वाचन आयोगले नेपाल पत्रकार महासंघका जिल्ला शाखामा चुनाव स्थगित गर्न पत्राचार गरेको छ ।
काठमाडौं, ललितपुर, भक्तपुरसहित मधेसका केही जिल्ला शाखामा अधिवेशन बाँकी रहेकै बेला आयोगले निर्वाचन आचारसंहिता औंल्याउँदै स्थगित गर्न आग्रह गरेको हो । सबै जिल्ला अधिवेशन हुन नसके महासंघको वैशाख २० गते हुने केन्द्रीय महाधिवेशनसमेत प्रभावित हुनेछ ।

आयोगले सञ्चार मन्त्रालयमार्फत महासंघलाई पत्राचार गरेको हो । ‘आयोगले केही प्रश्न उठाई पत्र लेखेको छ । हामी यसबारे छलफल गरिरहेका छौं । आयोगसँग बसेर टुंगो लगाउने छौं,’ महासंघ अध्यक्ष डा। महेन्द्र विष्टले कान्तिपुरसँग भने ।

महासंघले यसबारे पूर्वअध्यक्षहरूसँग समेत सल्लाह, सुझाव लिइरहेको छ ।





error: Content is protected !!