डोल्पामा १६ हजार ७ सय ४४ मतदाता

डोल्पा–डोल्पामा स्थानीय तहको निर्वाचनका लागि १६ सात सय ४४ मतदाता भएका छन् । जिल्ला निर्वाचन आयोगको कार्यालय डोल्पाले १६ हजार ७ सय ४४ मतदाता नामावली आयोगको केन्द्रीय कार्यालयमा पठाएको जनाएको छ । आयोगको केन्द्रीय कार्यालयले अन्तिम नामावली प्रकाशन गर्दा केही सङ्ख्या थपघटहुन सक्ने कार्यालयले बताएको छ ।
जम्मा मतदाता सङ्ख्या मध्ये ८ हजार ४ सय ४५ पुरुष र ८ हजार २ सय ९९ महिला रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
डोल्पामा सवैभन्दा कम मतादात हुनेमा तत्कालीन गाविस भिजेर—८ र सवैभन्दा धेरै मतदाता हुने वडामा नयाँ संरचना अनुसार त्रिपुरा सुन्दरी नगरपालिका–२ रहेको छ ।










