कोही डोल्पाको विकासका लागि वजेट पठाउँने कोही अर्काले पठाएको पैसा भ्रष्टाचार गरी चुनाव जित्ने


डोल्पा प्रतिनिधी
चैत्र ८ डोल्पा । ६ नंम्वर प्रदेशको डोल्पामा सडक विस्तार देखि पर्यटकिय क्षेत्र संरक्षणका लागि करोडौँको वजेट थप गरिएको छ । विकासको मुल प्रवाहमा ल्याउन र यहाँका महत्वपुर्ण पर्यटकिय क्षेत्रलाई मर्मत गरि संम्वृद्ध डोल्पा वनाउन पर्यटन मन्त्रालय मार्फत पुर्व शान्ति मन्त्री सत्य पहाडीले डोल्पामा करोडौ वजेट थप भएको वताउनुभयो । जिल्लाका अधिकांश मठ मन्दिर ,गुम्वा र वाटो आर्थिक अभावमा मर्मतको हुँन नसकी थन्किएको अवस्थामा पहाडीले भारी मात्रामा करोडौको वजेट डोल्पामा पठाएपछि स्थानीयहरु खुसी भएका छन् ।
सडक सञ्जालले जोडिन नसकेको डोल्पामा खानेपानी, शिक्षा ,विद्युत र खाद्यान्नको समस्य वर्षेनी पर्दछ । डोल्पावाट निर्वार्चित जनप्रतिनीधीले विकासका लागि पहल नलिदा यहाँका स्थानीयहरु भगवानलाई सरापेर वस्नुको विकल्प नभएको सुनाईरहेका वेला पुर्व शान्ति मन्त्री सत्य पहाडीले भारी मात्रामा वजेट डोल्पा पठाएपछि स्थानीयहरु खुसी भएका डोल्पाका पत्रकार रामचन्द्र न्यौपाने वताउनुहुन्छ । जिल्लामा आउने वजेटलाई सही रुपमा प्रयोग नगर्दा विकासका सम्भावनाहरु जटिल वन्दै गएको उहाँको भनाई छ । डोल्पाको विकासका लागि एउटा विधी वनाएर अगाडी वढीयो भने सवैका लागि फाईदा हुँने उहाँको तर्क छ । विकट र पिछडिएको डोल्पामा एकै व्यक्ति धामी उही मानिस वोक्सी हुँदा जिल्लामा भित्रीएको वजेट सदुपयोग हुँन नसकेको उहाँको भनाई छ । जिल्लाको समग्र विकासका लागि पहाडीले लिएको कदम सहानिय मात्र होईन जति वयान गरेपनि कम हुँने डोल्पालीको भनाई छ । केन्द्रिय राज्य सत्ताको पहुँच भन्दा अत्यन्त कम्जोर भएको डोल्पामा सरकारले मागे जति वजेट विनियोजन नगर्दा विकास हुँन सकेको छैन् ।

डोल्पाको विकासका लागि अहिले आएको करोडौँको वजेट वाट लाभ लिई सदुपयोग हुँन सके डोल्पावासीको विकासको कल्पना केही साकार हुँुने देखिन्छ । जाजरकोट डोल्पा सडक निर्माण गर्नका लागि सत्य पहाडीले दैनिक गरेको खवरदारी ले अहिले तल्लो डोल्पाको जनजीवन सहज वन्दै गएको नर्कुका प्रेम सिंह वताउनुहुन्छ । अवको एक वर्ष भित्र वजेट र सवै हिसावले सदरमुकाम दुनैमा यातायात लिएरै छाड्ने मन्त्री पहाडीले वताउनुभयो ।
अहिले डोल्पाको विकासका लागि कुन ठाउँमा कति वजेट आयो त ?
दुधकुण्डली ताल रिमी निर्माणका लागि रु १५ लाख , पर्यटकलाई जाँन आउँन सहज होस भनी रिमी देखि फोक्सुण्डो सम्मा पदमार्ग निर्माणका लागि ५४ लाख , खानी गुम्वा संरक्षण तथा सुधार लाईन १ र २ मा रु १४ लाख , फोक्सुण्डो देखि से गुम्वा सम्माको पर्यटकिय पदमार्ग निर्माणका लागि फोक्सुण्डो ३ मा रु २५ लाख , संस्कृतिक प्रर्वद्धन कार्यक्रमका लागि वराह मन्दिर कालिका निर्माणका लागि १२ लाख , मालिका मन्दिर लाहाँ रु १२ लाख , शिवालय मन्दिर निर्माण सु ५ मा ६ लाख रहेको छ । त्यस्तै त्रिवेणी देखि कालिका सर्मी हुँदै रिमी काईगाउँ थप ५० लाख रकम विनियोजन भएको पुर्व शान्ति मन्त्री सत्य पहाडीले वताउनुभयो । जिल्लाका विकासका लागि वजेटको अभाव हुँन नदिने समेत उहाँले वताउनुभयो ।
केन्द्रवाट जतिसुकै वजेट निनियोजन गरेपनि जिल्लामा यसलाई सदुपयोग गरि कार्यान्वयन गर्न सके डोल्पाको विकासका लागि खासै चिन्ता लिन नहुँने पहाडीको भनाई छ । जिल्लाका विकासका लागि सवै पक्ष ईमान्दार भएमा ठुलो कुरा नभएको डोल्पा नागरिक अगुवाहरु वताउछन् । यार्सागुम्वा, विभिन्न जडीवुटी , फोक्सुण्डो ताल लगाएतका दर्जनौ प्रकृतीले दिएका अमुल्य उपहार भएपनि संरक्षण र प्रचारप्रसार संगै राज्यले सौत्यनी व्यहारको सिकार हुँदा डोल्पाको विकासमा वाधा पुग्दै आएको नागरिक अगुवाको भनाई छ । दिघो सोच र जिल्लाको विकासका लागि योजना निर्माण संगै कार्यान्वयन गर्ने व्यक्तिलाई राज्यको नीति निर्माणमा पुग्न नदिन जिल्ला भित्रवाटै सडयन्त्र हुँदा विकासले गति लिन नसकेको पत्रकार न्यौपानेको भनाई छ ।
विकासकै लागि पठाएको करोडौको वजेट दुरुपयोग गरि सोही रकम वाट डोल्पामा केही जनप्रतिनीले चुनाव सम्म जित्ने तर डोल्पाको विकासका लागि सिन्को सम्म नभाँच्ने गरेको नागरिक अगुवा राजेन्द्र वुढाको आरोप छ ।










