हप्ता देखि रेविजको भेक्सिन नहुँदा विरामी मर्कामा


चैत्र ८ जाजरकोट , यहाँको जिल्ला स्वास्थ्य कार्यालयमा एक हप्ता देखि रेविज विरुद्ध लगाउने एन्टीरेविज भेक्सिन नहुँदा समस्य भएको छ । दैनिक एन्टी रेविज भेक्सिन लगाउने विरामी आएपनि रित्तो हात फर्कने गरेको जिल्ला स्वास्थ्य कार्यालयले वताएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय वाहेक अन्य ठाउँमा भेक्सिन नपाईने भएपछि विरामीहरु हैरान हुँदै नेपालगन्ज र रुकुमको चौरजहारी मेसिन अस्तालमा जाँन वाध्य भएको त्रिवेणीनलगाड नगरपालिका ८ का रुद्र खत्रीले वताउनुभयो । वहुँलाएको कुकुर , स्यालले टोक्दा रेविज नलागोस भनी लगाउँने एन्टीरेविज भेस्सिन जिल्ला स्वास्थ्य कार्यालयमा नहुँदा ग्रामीण क्षेत्रमा समेत पठाउँन सकिएको छै ।
क्षेत्रिय स्वास्थ्य निर्देशनालयमा समेत नभएको जिल्ला स्वास्थ्य कार्यालयले वताएको छ । रेविज विरुद्ध लगाईने एनटी रेविज भेक्सिन नियमित लगाउने देखि नयाँ विरामी सम्मा मर्कामा परेका छन् ।





error: Content is protected !!