गिटी कुटेर भविश्य देख्दै दुर्गमका दलित वालवालिका


चैत्र ८ जाजरकोट । त्रिवेणी नलगाड नगरपालिका वडा १३ वाईकाँडाकी ७ वर्षीय लक्ष्मी नेपाली कक्षा ३ मा पढ्नुहुन्छ । उहाँको काम वाईकाँडामा रहेको दलित प्रावि मा पढ्नु मात्र होईन , विहान र वेलुका एक घण्टा टाढा रहेको विद्यालयमा गएर विद्यालयको गिटी कुट्नु र भाई लाई संगै हेरालो लाग्नु पनि रहेको छ ।
उहाँकी आमा वसन्ती विक पनि छोरी संगै विद्यालय निर्माण गर्नका लागि ठुली भेरी नदिवाट वालुवा वोक्ने काम गनँुहुन्छ । छोरीले गिटी कुटे वाफत प्रतिवोरा रु ५० रुपैया दिईन्छ भने आमा वसन्तीले प्रतिवोरा एक सयमा वालुवा वोक्ने गनुहुन्छ । वसन्तीका श्रीमान् तीन महिना अघि भारतको कार्गिल कमाई गर्न गएका छन् । भाईको हेरालो संगै गिट्टी कुट्दै विद्यालयमा दिएको गृहकार्य समेत गर्ने लक्ष्मीको जिम्मेवारी छ ।
विहान उठ्न वितिकै वासी रोटी धर्रोमा च्यापेर वाईकाँडा गाउवाट वसन्तीले छोरी र छोरा लिएर यसरी नै काम गर्न थालेको एक महिना वितेको वताउनुभयो । उहाँ जस्तै वाईकाडाँकै दलित प्राविमा कक्षा ४ मा पढ्ने सुनिता विक भेरीमा वालुवा वोकी पढाई खर्च संगै आमा लाई सहयोग गनुहुन्छ । मावि औलगुत्तामा भाईलाई छोडी भेरीवाट वालुवा वोक्नु आफ्नो दैनिकी भएको सुनिताले वताउनुभयो । वावा कमाई गर्न भारत गएको सुनिताको भनाई छ । अन्य जातका साथीहरु घरमा विहान,वेलुका पढ्छन् , कसैले टियूसन समेत पढ्छन् सुनिताले भन्नुभयो , हामी वाईकाँडा प्राविमा पढ्ने सवै दलित विद्यार्थीहरु अर्काको काम गदै पढ्दै गछौँ ।
वाईकाँडामा दलित मात्र वस्छन् अनि त्यहाँ रहेको विद्यालयको नाम पनि दलित प्रावि नै राखिएको छ स्थानीय शिक्षक वुद्धीवहादुर वस्नेतले वताउनुभयो । सुनिता मात्र होईन , यहाँका दर्जनौ दलित वालवालिका दैनिक काम गरेर कमाउदै ,पढ्दै गर्ने गरेको वस्नेतको भनाई छ । अभिवावक हरु कमाईका लागि भारत जाँने भएका कारण आमाहरु अर्काका काम गरेर दैनिक गुजारा चलाउँछन् । छोरा,छोरीपनि आमा संगै अकैको काम गर्न वाध्य हुँने गरेका छन् । यहाँका वालवालिका को वालअधिकार ,पढ्न पाउँने अधिकार भन्ने कुरा गरिवीको महारोगले औझेल पारेको छ । पहाडको डाडाँमा रहेको वाँईकाँडा वस्तीमा उव्जाउ भूमि , प्रयाप्त खानेपानी लगाएतका समस्यले गर्दा यहाँका दलितहरुको जीवन स्तरमा खस्किएको छ ।
यो ठाउँ जिल्लाका कुनै पनि सरकारी अधिकारी नपुगेको अवस्थामा जाजरकोटका जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंह पहिलो पटक यो ठाउँमा पुग्दा यहाँका स्थानीयले शैक्षिक सुधारका लागि पहल गरिदिन स्थानीयले आग्रह समेत गरेका छन् । यो ठाउँमा रेडियो नै नसुनिने भएकाले आफुहरु देशमा के हुँदै छ भन्ने सम्मा थाह पाउन नसकेको स्थानीयहरु वताउछन् ।
हेमन्त के सी रासस





error: Content is protected !!