बाजागाजा सहित त्रिपुरा सुन्दरी नगरपालीकाको उद्घाटन, स्थानियमा खुशियाली

रामचन्द्र न्यौपाने
दुनै(डोल्पा) आज सुक्रवार बाजागाजा सहित त्रिपुराकोट बगर बजारमा त्रिपुरा सुन्दरी नगरपालीकाको भव्य रुपमा उद्घाटन गरिएको छ ।
जिल्लाको स्थानिय निकाय पुनःसंरचना अन्तर्गत उक्त नगरपालीको उद्घान गरिएपछि गाँउ घरमै राज्यको उपस्थिति भएको भन्दै स्थानीयमा उत्साह छाएको थियो ।

त्रिपुरा सुन्दरी नगरपालीका—२ का स्थानिय दुर्गा प्रसाद देबकोटाका अनुसार “हाम्रालागि आजको दिन ईतिहाँसिक दिन सावित भएको छ,घर आगनमै कार्यालयको सेवा सुविधा पाईने भएपछि खुशिले दङ्ग छौँ उत्साहीत हुँदै उहाँले भन्नुभयो,अव जनताले प्रत्यक्ष्य रुपमा संघिय गणतन्त्रात्मक राज्यको भएको आवास गरेकाछन्”उहाँले थप्नुभयो ।

कार्यक्रममा स्थानिय विकास अधिकारी सागर मिश्र,जाजरकोट—डोल्पा सडकखण्ड निर्माणका कार्यदल प्रमुख विश्व बन्धु पहाडी,तथा यस नगरपालीका का अधिकृत चन्द्र प्रकाश बुड थापा लगाएतका व्यक्तिहरुलाई डोल्पाको विकासी कामकाजमा विशेष योगदान पु¥याएको भन्दै भव्य स्वागत गरिएको थियो ।

उद्घाटन् कार्यक्रममा बोल्दै कार्यदल प्रमुख पहाडीले विकासको पुर्वाधारको आधार सडक भएकाले अवको एक बर्ष भित्र डोल्पा सदरमुकाम दुनैसम्म सडक जोड्न अहोरात्र लागिपरेको बताउनुभयो ।

उक्त कार्यक्रममा बोल्दै स्थानीय विकास अधिकारी मिश्रले डोल्पाजस्तो भौगोलिक रुपमा विकट जिल्लामा स्थानीय पुनःसंरचना गर्नका लागि विभिन्न कठिनाईका विचपनि सफल भएकोमा खुशी व्यक्त गर्नुभयो ।

उद्घाटन कार्यक्रमको खुशियालीमा स्थानियहरुले विभिन्न किसिमका सांस्कृतिक कार्यक्रहरु प्रस्तुत गरेका थिए ।
उक्त कार्यक्रमा विभिन्न वडाका सर्वसाधारणहरु तथा राजनितिक व्यक्तित्वहरुको उल्लेख्य सहाभागीता रहेको थियो ।
डोल्पामा ६ वटा गाँउपालीका र २ वटा नगरपालीका गरेर जम्मा ८ वटा स्थानिय निकाय पुनःसंरचना गरिएको छ ।





error: Content is protected !!