वारेकोट गाउँपालिकामा असिनाले गहुँ,जहुँमा क्षेति

जाजरकोट । गएराती आएको असिना , हावाहुरीले यहाँको वारेकोट गाउँ पालिका मा लगाएको गहुँ र जहुँ वालीम व्यापक क्षेति भएको छ ।
सुक्रवार वेलुका ६ वजे देखि ८ वजे सम्म आएको हावाहुरी र असिनाका कारण ६ हजार घरधुरीले लगाएको गहुँ र जहँुमा प्यापक क्षेति वनाएको हो । खाद्यान्न संकट रहेको यो क्षेत्रमा गहुँ र जहुँमा भएको क्षेतिले यहाँका किसानहरु थप मारमा परेका छन् ।
पाक्नलाई ठिक्क भएको गहुँ र जहुँमा व्यापक क्षेति भएपछि रुनु वाहेक अरु विकल्प नभएको रामीडाडाँका हरीवहादुर थापाले वताउनुभयो ।
यहाँको घाटमा रहेको खाद्य डिपोमा एक गेडा पनि चामल नभएको उहाँले वताउनुभयो ।










