परिक्षा केन्द्रमा पुगेन्न स्वास्थ्यकर्मी

जाजरकोट । यहाँका माध्यमिक शिक्षा परिक्षा केन्द्रमा स्वास्थ्यकर्मी नहुँदा विरामी विद्यार्थीले उपचार पाउँन वाट वन्चित भएका छन् ।
विद्यार्थी विरामी भएमा उपचारका लागि भन्दै जिल्ला शिक्षा कार्यालयले गरेको अनुरोध जिल्ला स्वास्थ्य कार्यालयले स्वास्थ्यकर्मी नपठाउँदा समस्य भएको जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिहंले वताउनुभयो ।
खुर्पा परिक्षा केन्द्रमा विहिवार र सुक्रवार विरामी भएका विद्यार्थीहरुको समयमै उपचार नहुँदा परिक्षा वाट विद्यार्थीहरु परिक्षा दिन वाट वन्चित भएका छन् । त्यस्तै जिल्लाको सिमा परिक्षा केन्द्रमा समेत विरामी विद्यार्थीले उपचार गर्न वाट वन्चित भएको स्थानीय खड्क विसीले वताउनुभयो । जिल्ला शिक्षा कार्यालयले स्वास्थ्य कार्यालयलाई परिक्षा केन्द्रमा स्वास्थ्यकर्मी पठाईदिन अनुरोध गरि पत्र लेखेको थियो ।
यत्ता जिल्ला स्वास्थ्य प्रमूख धीरजंग शाहले शिक्षा कार्यालयले परिक्षा सुरु हुँनु भन्दा दुई दिन अघि मात्र हामीलाई पत्र पठाएका कारण तयारी नभएका कारण स्वास्थ्य कर्मी उपस्थित हुँन नसकेको वताउनुभयो ।
हेमन्त के सी रासस










