समाबेशीमा ट्राफिक नियम

सावित्री गिरी 

वाँके , बसपार्क ५ नेपालगन्ज समाबेसी ईंग्लिश हाई स्कुलमा एकदिने ट्राफिक नियम सम्बन्धि यसबर्ष पनि बिद्यालय बिद्यालयमा ट्राफिक सचेतना कार्यक्रम सुरु गरेको छ ।गत बर्ष पनि विद्यालय बिद्यालयमा सचेतना मुलक गर्दे आएको कार्यक्रम यसबर्ष पनि सुरु गरीएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बा“केले जनाएको छ ।
अभियान अन्र्तगत आज पहिलो दिन नेपालगन्ज बसपार्क स्थित समाबेसी ईंग्लिश हाई स्कुलमा एकदिने ट्राफिक नियम सम्बन्धी चेतना मुलक कार्यक्रम सम्पन्न भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय बाकेको आयोजनामा गरीएको कार्यक्रममा कार्यालयका प्रहरी।नायब।निरीक्षक टुक बहादुर अधिकारीले सहजिकरण गर्नुभएको थियो ।
कार्यक्रममा कार्यक्रममा ट्राफिक नियमहरु भनेको के हो, विभिन्न ट्राफिक संकेतहरुका बारेमा साथै सडकमा दुर्घटनाहरु किन हुन्छ्न र यस्ता दुर्घटनाको निबारण कसरी गर्न सकिन्छ भन्ने बारे कक्षा ४,५ र ६ का बिद्यार्थीहरुलाई जानकारी गराईएको बिद्यालयका प्रधानाध्यापक हेमन्त राज काफलेले जानकारी दिनुभयो ।










