परिक्षा दिदा दिदैँ परिक्षार्थी विरामी

जाजरकोट  । माध्यमिक शिक्षा परिक्षा दिदै गर्दा विद्यार्थीहरु विरामी भएपछि सुक्रवारको परिक्षा दिन वाट वन्चित भएका छन् ।
जिल्लाको खुर्पा परिक्षा केन्द्रमा जनता मावि समाईलावाट आएकी छात्रा पशुपती सुनार र मान्नेढुङगा मावि टालेगाउँ वाट सहभागी भएकी छात्रा कालिका सिंह विरामी भएपछि परिक्षा दिन वाट वन्चित भएको केन्द्रध्यक्ष दिनेश सिंहले जानकारी दिनुभयो । कालिका विहिवार परिक्षा दिदा दिदै विरामी भएपछि अहिले सम्म सन्चो नभएपछि परिक्षा दिन नसकेकी हुँन् । पेट दुख्ने , रिङगटा आउँने लगाएतका समस्य रहेको केन्द्रध्यक्ष सिंहले वताउनुभयो ।
अन्य केही विद्यार्थीलाई समेत देखिन सक्ने उहाँले संका व्यक्त गनुभयो । परिक्षा केन्द्रमा मेडिकल टिम रहने जिल्ला स्वाथ्य कार्यालयले सहमती गरेपनि कुनै पनि परिक्षा केन्द्रमा मेडिकल टिम नपुगेको जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले वताउनुभयो । पोहोर साल पनि यही ठाउँमा एक जना विद्यार्थीको मृत्यू र दर्जनौ विरामी भएका थिए ।





error: Content is protected !!